पोखरा, ४ चैत । महर्षी गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल सहयोग गरिएको छ ।
कमाएको धनबाट दश प्रतिशत दान गर्ने मनसायबाट प्रेरित भएर पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा सहयोग गरिएको हो ।
विद्याश्रममा आयोजित कार्यक्रममा बोल्दै ज्योतिषि सुनझाँक्रीले विद्याश्रममा अध्ययनरत वेदपाठी ब्राह्मण वटुकलाई आफूले कमाएको धनबाट दान गर्न पाउनु आफ्नो लागि भाग्य र खुसिको कुरा भएको बताउनुभयो ।
आश्रमका अध्यक्ष रामचन्द्र पौडेलले विद्याश्रमका विद्यार्थीहरुलाई एउटै पोशाक बनाउनका निमित्त ज्योतिषि परिवारले गरेको सहयोग महत्वपूर्ण र प्रेरणादायि भएको भन्दै प्रशंसा गर्नुभयो ।
आश्रमका सचिव तथा वडा नं. ३ का वडा सदस्य शान्तिदेवी पराजुलीले आश्रममा अध्ययनरत विद्यार्थीलाई गरेको सहयोग आश्रम परिवारले सदैव स्मरण गरिरहने बताउनुभयो ।
विद्याश्रमका अध्यक्ष रामचन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन ध्यानशिक्षक विरेन्द्र सापकोटाले गर्नुभएको थियो ।
विद्यार्थीहरुले स्वस्तिवाचन गरि पोशाकदाताप्रति आभार प्रकट गर्नुभएको थियो । पोखरा ३ नारायणस्थानमा रहेको आश्रममा हाल कक्षा ६ देखि १० कक्षासम्म संस्कृत विषयका साथै आधुनिक विषय समेत पठनपाठन हुदै आएको छ । विद्याश्रममा ४५ जना विद्यार्थीका लागी निःशुल्क रुपमा आवास, पठनपाठन र भोजनको व्यवस्था रहेको छ ।
Related News
सम्बन्धित समाचार
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
JAWA88: Situs Wap Gacor dengan Jackpot Slot Eksklusif
Kenali Situs Gacor Resmi JAWA88 Anti Rungkat!
Daftar Akun Slot88 di Jawa88, Dapatkan Bonus Eksklusif!
ROYAL88: Situs Game Resmi dengan Peluang Menang Tinggi
Archives
Archives