पोखरा, ४ वैशाख । होटल संघ पोखरा नेपालले पर्यटकीय क्षेत्र बैदाममा खानेपानीको अभाव सुल्झाउन नेपाल खानेपानी संस्थानसँग आग्रह गरेको छ ।
संघका अध्यक्ष लक्ष्मण सुवेदीको नेतृत्वमा संस्थानको पोखरा कार्यालयमा पुगेको व्यवसायीको टोलीले त्यस्तो आग्रह गरेको हो । धारामा पानी नआउने र आए पनि नियमित नआउने गरेको विषय अवगत गराउन व्यवसायी संस्थानमा पुगेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो ।
खानेपानी समस्याले समग्र बैदामवासि पीडित भएको भन्दै अध्यक्ष सुवेदीले पानीको समस्या समाधानका लागि गंभीर बन्न संस्थानसँग माग गरिएको बताउनुभयो ।
पर्यटकीय सिजन चल्दै गर्दा बैदाम क्षेत्रमा खानेपानी अभाव भए पछि व्यवसाय नै प्रभावित भएको गुनासो संघको रहेको छ । अन्य अवस्थामा समेत खानेपानी आधारभूत र अत्याबश्यक वस्तु भएको स्मरण गराउँदै संघले पानी आपूर्ति नियमित र सुचारु गर्न संस्थानसँग माग गरेको हो ।
सामान्य नागरिक र व्यवसायी सबैका लागि खानेपानी उत्तिकै आबश्यकता र महत्वको वस्तु भएको जनाउँदै संघले विल नियमित तिर्नुपर्ने तर धारामा पानी नआउँदा उपभोक्ता पीडित बन्नु परेको जनाएको छ ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरा खानेपानी सुधार आयोजनाको काम विसं २०७६ देखि सुरु गरिए पनि आयोजनाले अझै पूर्णता पाउन सकेको छैन ।
विसं २०७६ जेठमा आयोजनाको शिलान्यास गरेर तीन वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित काम अघि बढे पनि कोभिड १९ का कारण काम प्रभावित हुन पुगेको थियो ।
Related News
सम्बन्धित समाचार
कास्कीको माछापुच्छ«ेमा मंसिर ६ गतेदेखि छैठौं राष्ट्रिपति रनिङ शिल्ड हुने
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
सभापति लामिछाने पक्राउसँगै रास्वपाको पोखरामा विरोध प्रर्दशन
हेमजाको अम्मटमा प्रथम बिच एण्ड फिस फेस्टिेभल हुदै
रास्वपा सभापति लामिछाने पक्राउ
Archives
Archives