पोखरा, २६ साउन । प्रस्तावित शिक्षा विधेयक २०८० मा निजी विद्यालयलाई अकुंश लगाउन खोजेको भन्दै निजी विद्यालयका संगठनले विरोध जनाएका छन् ।
शिक्षा ऐन २०२८ लाइ प्रतिस्थापन गर्न सरकारले विद्यालय शिक्षा सम्वन्धी कानुनलाई संसोधन र एकीकरण गर्न वनेको विधेयक २०८० मन्त्रिपरिषद्बाट पारित गरेसँगै निजी विद्यालयका संगठनले यसको असन्तुष्ट जनाउदै विरोध गरेका हुन् ।
कम्पनी मार्फत् सञ्चालित विद्यालयहरुलाई ५ वर्ष भित्र गुठीमा रुपान्तरण र दायित्व फरफराकको विषयलाई समावेश गरी निजी लागानीको शिक्षा क्षेत्रलाई निरुत्साहित गर्ने मात्र होइन मास्ने अभिप्रायका साथ विधेयक ल्याएको भन्दै असहमति प्रकट गरेका छन् ।
यसै विषयलाई लिएर निजी विद्यालयका संगठनले विधेयक संसोधन नगरे आइतबार देखि अनिश्चितकालिन विद्यालय पठन पाठन वन्द लागएका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।
यद्यपी शुक्रबार नै सिंहदरवारमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, शिक्षामन्त्री अशोक राइसहित सरोकारवालाहरुवीचको छलफलमा विद्यालय शिक्षा सम्वन्धी विधेयक निजी विद्यालयका संगठनले उठाएको माग सम्वोधन गर्न सरकार तयार भएसँगै पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम भने स्थगित भएको छ ।
यसै विषयमा रहेर कास्कीका निजी विद्यालयका संगठन प्याव्सन कास्की, हिसान कास्की, एनप्याव्सन कास्की र युनिप्स नेपालले प्रस्तावित शिक्षा विधेयक २०८० माथि सरोकारवाल पक्ष सँग निजी विद्यालयहरुका मूख्य विमती सम्वन्धमा जानकारी गराएको थियो ।
कार्यक्रममा राजनीतिक दल, विभिन्न शिक्षक संघका प्रतिनिधि, अभिभावक संघका प्रतिनिधि, नागरिक समाज, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधि, प्राध्यापक, व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्ने सरोकारवालाहरुले निजी विद्यालयहरुको लगानीको सुनिश्चितता गरेर मात्रै विधेयक आउनुपर्ने तर्क गर्नुभएको थियो ।
उहाँहरुले शिक्षा विधेयक आवश्यक भएको तर यस विषयमा सरोकारवालासँग कुनै छलफल नै नगरी आएका कारण विवाद सिर्जन भएको बताउनुभयो ।
प्याव्सनका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इञ्चार्ज कृष्ण केसीले प्रस्तावित विधेयकले व्यक्तिगत सम्पत्ति हडप्न खोजेको प्रष्ट भएको बताउनुभयो ।
एन प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोचीले नेपालको शिक्षालाई नै वर्वाद गरेर विधेयक आएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त वराल सम्पत्ति संरक्षण र रोजगारको सुनिश्चितता गर्न काँग्रेस साथमा रहने बताउनुभयो ।
नेकपा एमाले पोखरा महानगर पालिकाका अध्यक्ष दिलीप न्यौपानेले निजी विद्यालयको भविश्य र लगानीको ग्यारेन्टीका पक्षमा एमाले दृढतापूर्वक उभिने बताउनुभयो ।
नेपाल राष्ट्रिय अभिभावक संघ कास्कीका अध्यक्ष गोपाल गिरीले विद्यालय वन्द नगरिकन समस्याको समाधान खोज्नुपर्ने बताउनुभयो ।
प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारी, हिसान कास्कीका अध्यक्ष यम रोका, प्याव्सन कास्कीका सचिव पुष्प पराजुलीलगायतले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
नयाँ प्रहरी ऐनमा सामुदायिक (प्रहरी) सेवा केन्द्रलाई समेट्न कास्कीका सामुदायिकको आग्रह
हेमजाको साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको सडक स्तरोन्नति कार्य शुरु
एभरेस्ट एफएमको चौथो वार्षिकोत्सवमा मानव सेवा आश्रममा थप १ लाख प्रदान
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
Archives
Archives