पोखरा, २७ भदौ । डागर स्मृति प्रतिष्ठान नेपालले हरेक वर्ष ऋषि पञ्चमीका दिन अर्पण गर्दै आएको डागर स्मृति पुरस्कार यस वर्ष युवा वैज्ञानिक मनिषा द्वालाई अर्पण गर्ने भएको छ ।
प्रतिष्ठानको हालै सम्पन्न बैठकले कास्कीको भद्रकालीमा जन्मेर सन् २०१३ देखि विज्ञान प्रविधिका क्षेत्रमा अनुसन्धानरत मनिषालाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
आफूलाई युवा वैज्ञानिकका रूपमा स्थापित गराउन लामो समय संघर्षरत मनिषा हाल नेपाल एस्ट्रोनोमिकल सोसाइटी नासोकी उपप्रबन्धक हुनुहुन्छ ।
नासोद्वारा सञ्चालित महिला विज्ञान पुरस्कारकी संस्थापक, परियोजना संयोजकसमेत रहनुभएकी द्वासँग शिक्षणको अनुभवसमेत छ ।
उहाँले विज्ञान प्रविधिका क्षेत्रमा विकासका लागि खगोल (ओएडी) सँगको सहकार्यमा नेपालमा समाज सशक्तिकरणका लागि खगोल विज्ञान अन्तर्गत ३६ स्कुलमा विभिन्न प्रोजेक्टको सफल सञ्चालनसमेत गर्नुभएको छ ।
द्वा यस अघि विज्ञान प्रविधिका क्षेत्रमा इमर्जिङ स्पेस लिडर्स सन् २०१६, विज्ञान तथा प्रविधि प्रवद्र्धन पुरस्कार सन् २०२१ लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भइसक्नु भएको छ ।
प्रतिष्ठानले वार्षिक साधारण सभाको सन्दर्भ पारेर अर्पण गर्ने उक्त पुरस्कार यस अघि समाजसेवी विश्वमोहन गौचन, हरिश्चन्द्र शर्मा, सोनाम साङ्पो, रामबहादुर पौडेल, गोविन्दराज पहारी, साहित्यकार आरएम डंगोल, भीम रानाभाट, सुमल गुरुङ, संस्थातर्फ मानव सेवा आश्रम, हिमाली सांस्कृतिक परिवार, स्वास्थ्यसेवी डा तुलिका दुवे, राष्ट्रसेवक चन्द्रा गुरुङ पुरस्कृत भइसक्नु भएको छ ।
नेपाली वाङ्मय, विज्ञान प्रविधि, शिक्षा, स्वास्थ्य, राष्ट्रसेवा, समाजसेवाका क्षेत्रमा अर्पण गरिने पुरस्कारको राशि १० हजार पाँच सय नगदसहित सम्मानपत्र र दोसल्ला रहेको छ । पुरस्कार असोज ३ गते पोखरामा एक समारोहका बीच अर्पण गरिने प्रतिष्ठानका अध्यक्ष बिन्दु श्रेष्ठले जानकारी दिनुभयो ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै