पोखरा, १ माघ । नवनिर्मित बीरेठाँटी समुदघाटन गरिएको छ ।
म्हिगी कोने गुठी अन्नपूर्ण गाँउपालिका वडा नं.८ बीरेठाँटीको आयोजनामा भएको कार्यक्रममा नवनिर्मित ठाँटी उद्घाटन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य दिँदै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले ऐतिहासिक महत्व बोकेको बीरेठाँटीमा निर्मित भवनको उदघाटन गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभयो ।
“बीरेठाँटी ऐतिहासिक महत्व बोकेको ठाउँ हो । पदमार्ग हुँदै मुक्तिनाथ सम्म पुग्ने पर्यटकको बासस्थानका लागि यो थलो महत्वपूर्ण छ । ठाँटीको स्थापनाले पर्यटकको बसोबासमा अझ सहजता मिल्नेछ ।”, उहाँले भन्नुभयो ।
कार्यक्रममा नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय अध्यक्ष देवेन्द्र शेरचनले बीरेठाँटीमा थकालीहरुले बजार व्यवस्थापन गरेको बताउनुभयो । “थकालीहरुले बीरेठाँटी बजारको व्यवस्थापन गरे । त्यसपछि यहाँ अन्य समुदायको बसोबास बढ्दै गयो । अन्नपूर्ण सर्किट पदमार्गका लागि बीरेठाँटी महत्वपूर्ण छ ।”, उहाँले भन्नुभयो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सुरेन्द्र गुरुङले म्हिगी कोने गुठी परिवारले पुर्नमिलनको कार्यक्रम राखेर सह्रानिय काम गरेको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिका वडा नं. ८ का अध्यक्ष विजय गुरुङले दान गरेको जमिनमा ठाँटी निर्माण गरिएको बताउनुभयो । नवनिर्मित बीरेठाँटी निर्माणले आफ्नो वडाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास उहाँको छ ।
उपाध्यक्ष ल्याप्टेन अर्जुन बहादुर गुरुङले कार्यक्रमको स्वागत गर्दै तत्कालिन समयमा अहिले जस्तो होटल लजको व्यवस्था नभएको र मुक्तिनाथ दर्शनका लागि जाने यात्रुहरुलाई बास बस्न सुविधा होस् भन्दै ठाँटी निर्माण गरिएको जानकारी दिनुभयो ।
उनका अनुसार अन्नपूर्ण गाउँपालिका ८, दाङसिङ मोहरियाका बीरे म्हिेगी कोनेले मोदी र भुरुम्दी नदीको दोभानमा वि.सं.१७७६ मा ठाँटी निर्माण गरेका हुन् ।
सामाजिक उद्देश्य बोकेर पर्यटकका लागि बीरे भन्ने व्यक्तिले ठाँटी निर्माण गरेकाले त्यस ठाउँको नाम बीरेठाँटी रहन गएको उहाँले बताउनुभयो । वि.सं. १९९२ सालमा जम्दार ज्ञानी म्हिगी कोनेद्वारा जिर्णोद्वार गरिएको थियो ।
त्यसपछि क्या.चीन बहादुर म्हिगी कोनेको नेतृत्वमा वि.सं. २०४७ सालमा बीरेठाँटी पुननिर्माण गरियो । पछिल्लो समय विभिन्न कारणबाट उक्त ठाँटी असुविधा हुन गएको र ठाँटीको नाउँमा लालपुर्जा प्राप्त हुन नसक्दा हाल आएर नयाँ ठाँटी निर्माण गरिएको बताइएको छ ।
Related News
सम्बन्धित समाचार
माछापुच्छ्रे गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
Archives
Archives