दाङसिङ्गकी इशालाई उपचारका लागि थप आर्थिक सहयोग

राष्ट्र न्यूज सम्वाददाता
असार ११, २०८१
Sahayog

पोखरा, ११ असार । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्ग निवासी इशा वि.कको उपचारमा सहयोग पु¥याउन थप आर्थिक सहयोग गरिएको छ ।

स्थानीय प्रेम बहादुर वि.ककी २९ वर्षिया छोरी इशालाई ब्रेन ट्युमर भएको र आर्थिक अभावका कारण उपचारमा समस्या भएकाले रकम संकलन गरिएको हो ।

दाङसिङ्ग गुरुङ सम्पर्क मञ्च र दाङसिङ्ग तमु समाज यु.केको नेतृत्वमा रकम संकलन गरिएको हो । पहिलो चरणमा संकलित रकम तीन लाख २० हजार आठ सय ८२ रुपैयाँ बिरामी इशा र बुबा प्रेमलाई हस्तान्तरण गरिएको थियो ।

दोस्रो चरणमा थप ८४ हजार एक सय ५५ रुपयाँ हस्तान्तरण गरिएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं ८ दाङसिङ्गका कमल रामदामको पहलमा संकलित ६८ हजार २५ र दाङसिङ्ग तमु समाज यु.केको पहलमा १६ हजार एक सय ३० रुपैयाँ संकलन गरि हस्तान्तरण गरिएको हो ।

दाङ्सिङ्ग पोखरा तमु सम्पर्क मञ्चका अध्यक्ष क्याप्टेन काजीमान गुरुङले रकम हस्तान्तरण गर्नुभएको थियो । नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति मनोज गुरुङको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको थियो ।

विरामी इशाको असार १ गते काठमाण्डौको नर्भिक अस्पतालमा अप्रेशन पछि अहिले आराम गरिरहनु भएको छ । उपचारका लागि सात लाख खर्च लाग्ने बताइएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives