पोखरा – ३ मा निःशुल्क प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना

राष्ट्र न्यूज सम्वाददाता
असार १२, २०८१
Photo 11

पोखरा, १२ असार । नेपाल परिवार नियोजन संघ कास्कीले पोखरा महानगरपालिका वडा नं ३ कार्यालयको सहयोगमा पोखरामा बुुधबार निःशुल्क प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम गरेको छ ।

पोखरा –३ स्थित महिला मिलन समूह र बाल मन्दिर आमा समूहको समन्वयमा कन्या माविमा आयोजित शिविरमा ७३ जना महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण गरि औषधी वितरण गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।

कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले नागरिक ३४ प्रकारका मौलिक अधिकार मध्य स्वास्थ्य अधिकारलाई सरकारले सुनिश्चित गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले समयमा नै उपचार पाउँदा धेरै रोग निको हुन सक्ने भन्दै रोग लुकाउन नहुने बताउनुभयो ।

संविधान सभा सदस्य कृष्ण कुमारी परियारले कुनै पनि समस्या समाधानका लागि सरकार, समुदाय र संघ संस्था मिलेर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३ का वडा सदस्यहरु शान्तिदेवी पराजुली, सवि परियार, पोखरा ३ का सचिव मोहन ढुङ्गाना, नेपाल परिवार नियोजन संघका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी लगायतले बोल्नुभएको थियो ।

नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा बाल मन्दिर आमा समूहकी सचिव मिन कुमारी श्रेष्ठले स्वागत, महिला मिलन समूहकी अध्यक्ष देवी पराजुलीले धन्यवाद ज्ञापन र महिला मिलन समूहकी सचिव विष्णुदेवी पराजुलीले संचालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives