पोखरा, १४ असार । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजनामा कास्कीको लुम्लेमा दुई दिने बृहत्त यौनिकता शिक्षा सम्वन्धी तालिम शुरु भएको छ ।
प्रज्ञा युथ फोरमको सहयोग र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालको समन्वयमा आयोजित तालिममा ३० जनाको सहभागिता रहेको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिनुभयो ।
तालिम उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका प्रमुख विष्णु बहादुर के.सीले समय परिवर्तन हुदै जादाँ जनताका आवश्यकता पनि बदलिएको उल्लेख गर्नुभयो । उहाँले अन्नपूर्ण गाउँपालिका नेपाल परिवार नियोजन संघ कास्की सँगको सहकार्यमा स्वास्थ्य सम्वन्धी कार्यक्रम संचालन गर्ने तयार रहेको उल्लेख गर्नुभयो ।
उहाँले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोख्रेलले समाज रुपान्तरणका लागि युवाको नेतृत्वदायी भूमिका आवश्यक रहेको बताउनुभयो ।
शिक्षा, युवा तथा खेलकुद महाशाखा प्रमुख बलराम भुगाइँले मानिसको जीवनका लागि शिक्षा र स्वास्थ्य अत्यावश्यक रहेको बताउनुभयो ।
त्यस अवसरमा नेपाल परिवार नियोजन संघ कास्कीका बरिष्ठ शाखा प्रवन्धक नवराज तिवारी र लियो डिष्ट्रिक काउन्सिल ३२५ जे नेपालका जनसम्पर्क अधिकृत विजय त्रिपाठीले बोल्नुभएको थियो ।
नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष विष्णु प्रसाद दाहालले संचालन गर्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सनको श्रुतिलेखन प्रतियोगितामा कान्तिपुर प्रथम
सडक यातायात व्यवसायिक पत्रकारिता पुरस्कार सम्पादक सापकोटालाई
हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम
भगवान् कृष्ण सबैको आास्थाको केन्द्र – प्रदेश प्रमुख भट्ट
कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
Archives
Archives