पोखरा, ८ असोज । नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेश र जिल्ला कमिटिले पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा शुुभकामना व्यक्त गरेका छन् ।
सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्की सहित पदाधिकारी तथा सदस्यलाई पूर्व बन तथा वातावरणमन्त्री एवम् नेकपा एमाले गण्डकी प्रदेश इन्चार्ज किरण गुरुङले सम्मान गर्नुुभएको हो ।कार्यक्रममा गुरुङले औद्यागिक वस्तु उत्पादनमा जोड दिनुुपर्ने बताउँदै एक पालिका एक औद्योगिक ग्रामको अभियानलाई अघि बढाउनुुपर्ने बताउनुुभयो ।
कोभिडका कारण प्रभावित अर्थतन्त्रमा पछिल्लो समयमा सकारात्मक सूचकहरू देखिएको बताउँदै उहाँले अर्थतन्त्र केही चलायमान भएको बताउनुुभयो । मुलुकको विकास गर्ने महत्वपूर्ण जिम्मेवारी उद्योग व्यवसायीको काँधमा रहेको उहाँको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष एवम् नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष सञ्जिबबहादुर कोइरालाले तत्कालीन पञ्चायती व्यवस्थाका समयमा पनि शाकहरूले पोखरा उद्योग वाणिज्य संघले के भन्छ भनेर डराउने अवस्था रहेको बताउँदै त्यो गरिमालाई जोगाउनुु जरुरी रहेको बताउनुुभयो । व्यवासयिक हितका लागि संघ कृयाशिल बन्नुुपर्ने उहाँले बताउनुुभयो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् बरिष्ठ पर्यटन व्यवसायी बोबरजंग गुरुङले संकटमा परेको उद्योग तथा व्यवसाय क्षेत्रका समस्या समाधानका लागि साझा अवधारणाका साथ अघि बढ्नुुपर्ने आवश्यकता औंल्याउनुुभयो ।
कोरोना कहर पछि पर्यटन सहितका व्यवसायहरू संकटग्रस्त नै रहेको बताउँदै उहाँले धेरै व्यवसायीहरू पलायन भएको बताउनुुभयो ।
सरकारको व्यवसायमैत्री नीति आवश्यक रहेको बताउँदै उहाँले व्यवसायहरू संकटमा नै रहेको विद्यमान अवस्थामा गण्डकी प्रदेश सरकारले यस अघि सञ्चालन गरेको व्यवसाय जीवन रक्षा कोषलाई निरन्तरता दिनु आवश्यक भएको बताउनुुभयो ।
पोखरा उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले व्यवसायका क्षेत्रमा देखिएका समस्यालाई सबैको सहकार्यमा समाधान गरेर बढ्ने कुरामा लाग्ने विश्वास व्यक्त गर्नुुभयो । सबै व्यवसायीलाई समेटेर अघि बढ्ने उहाँले बताउनुुभयो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघ जिल्ला कमिटि अध्यक्ष कृष्णप्रसाद तिवारीको अध्यक्षता भएको कार्यक्रममा सचिव धर्ममान सिंह भण्डारी, नेकपा एमाले जिल्ला कमिटि उपाध्यक्ष भेषराज बराल, पोखरा महानगर कमिटि अध्यक्ष जीवन आचार्य, नेपाल उद्योग तथा व्यवसायी महासंघका केन्द्रीय सदस्य उमराज बास्तोला, पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, सदस्य ललितबहादुर कुँवर लगायतले बोल्नुुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives