क्लव स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता जारी

समूह चरणका अन्तिम खेल आज

राष्ट्र न्यूज सम्वाददाता
असाेज ११, २०८१
093A1549

पोखरा । पोखरा नदिपुरको छन्त्याल समाजघरमा जारी क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा ७ खेल सकिएका छन् ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आठौं वार्षिकोत्सवको अवसरमा आयोजित क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन पुरुषतर्फ ५ खेल र महिलातर्फ २ खेल सकिएका हुन् ।
पुरुषतर्फ भएको पहिलो खेलमा आँधीखोला दिल्लीले गलकोट भलिबल टिमलाई २५–२३ र २५–२० को सेटले पराजित गर्न सफल भयो । दोस्रो खेलमा टिम पर्वतले पोखरा भलिबल प्रशिक्षण केन्द्रलाई २५– २१ र २५– १७ को सेटले पराजित गर्दा तेस्रो खेलमा गलकोट भलिबल टिमले अन्नपूर्ण गाउँपालिकालाई २५–२३ र २७– २५ ले पराजित ग¥यो ।
चौथो खेलमा गलकोट स्पोर्टस क्लव बागलुङले नेपाल युथ स्पोर्टस क्लव जापानलाई २५–२१ र २५–२१ ले पराजित गर्दा अन्तिम खेलमा एपीएफ पोखराले आँधीखोला दिल्लीलाई २५–१८ र २५– १५ को सोझो सेटले पराजित गर्न सफल भयो ।
महिलातर्फ नदिपुर एफसीले अर्चलबोट भलिबल टिमलाई २–० को सेटमा पराजित गर्दा कनेक्टिङ पोखराले वाकओभर पायो । नदिपुर एफसीले अर्चलबोटलाई पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२० ले पराजित गरेको हो । टिम पोखरा खेलमा उपस्थित नभएपछि कनेक्टिङ पोखराले वाकओभर पाएको थियो । शुक्रबार समूह चरणका अन्तिम खेलहरु हुनेछन् ।
प्रतियोगिताको फाइलन खेल आइतबार हुने पोखरा भलिबल प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले जानकारी दिनुभयो ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्धारा संयुक्त रुपमा प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रममा वोल्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहन कुमार थापाले पोखरा खेल पर्यटनमा मात्र नभई सबै हिसावले अगाडि बढेको बताउनुभयो ।
खेलकुदले व्यक्तिको शारीरिक मानसिक, स्वास्थ्य, क्षेत्रमा मात्र विकास गर्ने नभई राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलबाट देशको पहिचान चिनाउन उल्लेख्य भुमिका रहेको बताउँदै उहाँले विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडीको आत्मविश्वास बढाउने काम गर्न र आर्थिकोपार्जनमा समेत महत्वपूर्ण भुमिका विश्वास व्यक्त गर्नुभयो ।
खेलको माध्यमबाट अपराध न्युनिकरणमा महत्वपूर्ण सहयोग गर्ने उहाँको भनाई थियो । पोखरा वडा नं. ४ का वडा सदस्य प्रकाश कोइराला, सामुदायिक सेवा एमव् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष एवम् जिल्ला भलिबल संघ कास्कीका पूर्व अध्यक्ष भीम पराजुली, छन्त्याल संघका केन्द्रीय सल्लाहकार एवम् कास्की जिल्ला जुडो संघका अध्यक्ष प्रथम छन्त्याल, नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष सु.धनबहादुर छन्त्याल, सचिव दलमान छन्त्याल लगायतले बोल्नुभएको थियो ।

पोखरा भलिबल प्रशिक्षण केन्दका अध्यक्ष कुलबहादुर छन्तयाल कुशलको अध्यक्षतामा भएको कार्यक्रममा मनोज खड्काले स्वागत र अशोक थापाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives