पोखरा, ११ असोज । कैलाश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पोखरा फोटोग्राफर संघका नयाँ कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ।
पोखरा फोटोग्राफर संघको हालै सम्पन्न अधिबेशनवाट निर्वाचित कार्य समिति महिला उपसमितिलाई संस्थाका अध्यक्ष खडानन्द अधिकारीले बधाई तथा शुभकामना सहित मायाको चिनो, सम्मान पत्र तथा खादाले सम्मान गर्नुभएको थियो ।
कार्यक्रममा हालै साहारा खेलकुद पुरस्कार बाट सम्मानित संस्थाका लेखा संयोजक परशुराम शर्मा, पोखरा फोटोग्राफी अवार्डको कैलाश फोटोग्राफर अफ द इयर विधामा फोटोग्राफर अफ द इयर हुन सफल पुन सारु मगर, संस्थाका सल्लाहकार हितैषि बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मदन प्रसाद आचार्य, पोखरा चेम्वर अफ कमर्शको कोषाध्यक्षमा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार जिवन ढुंगानालाई पनि बधाई तथा शुभकामना सहित सम्मान पत्र तथा खादाले सम्मान गरिएको थियो ।
पोखरा फोटोग्राफर संघका नव निर्वाचित अध्यक्ष भक्त तामाङले फोटोग्राफरहरुले नै खोलिएको यस सहकारीले फोटोग्राफरहरुको आर्थिक तथा ब्यवसायिक उन्नतीमा अहम् भुमिका खेलेको बताउनुभयो।
कार्यक्रममा पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेलले सहकारी संस्थालाई हाम्रो आर्थिक आय आर्जनको वाटो बनाउनु पर्नेमा जोड दिनुभयो। पूर्व अध्यक्ष जिवन ढुंगानाले सहकारीको स्थापना कालदेखि विभिन्न आरोह अवरोह पार गर्दै अहिलेको स्थिति सम्म आउनुमा सम्पूर्ण फोटोग्राफर सेयर सदस्यहरुको हात रहेको बताउनुभयो ।
यसंगरि संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार संयोजक शिवहरी अधिकारीले संस्थालाई मजवुद बनाउनका लागि शेयरसदस्हरुवीच सहकार्यको खाँचो रहेको औल्याउनुभयो ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सम्मानित ब्यक्तित्व पुरन सारु मगर, मदन प्रसाद आचार्य, परशुराम शर्मा महिला समिति संयोजक पूर्ण कुमारी थापा उपाध्यक्ष विनोद ढकाल, सचिव बिष्णुहरी अधिकारीले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
कास्की काँग्रेसको बैठक, उपसभापति कुँवरलाई प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी
सतप्रतिशत नतिजा निकाल्न शिक्षामन्त्री भट्टराईद्वारा कर्मचारीलाई आग्रह
उत्तरी र दक्षिणी ध्रुव मिल्दा पनि किन लगानी बढेन ?– पूर्वगभर्नर नेपाल
उन्नति बचत तथा ऋण सहकारीको १६ औँ साधारण सभा
सूचना प्रविधिमा आधारित उद्यमशीलतामा सरकारको जोड– प्रदेश प्रमुख भट्ट
Archives
Archives