भलिबल प्रतियोगितामा पुरुष तर्फ गल्कोट र महिला तर्फ धादिङ विजयी

राष्ट्र न्यूज सम्वाददाता
असाेज १६, २०८१
WhatsApp Image 2024-10-01 at 10.32.29 PM (1)

असोज १५, पोखरा । आठौं क्लब स्तरीय क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर जेड ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसको संयुक्त आयोजनामा असोज ९ गतेदेखि पोखरा नदिपुरको छन्त्याल खेल मैदानमा सञ्चालित प्रतियोगिता पुरुष तर्फ गल्कोट स्पोर्टस् क्लब, वागलुङ र महिला तर्फ धादिङ स्पोर्टस् क्लब, धादिङले उपाधि हात पारेको छ ।
पुरुषतर्फ एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै गलकोटले उपाधि जित्न सफल भयो । गलकोटले एपिएफलाई २५– १९, २५–२० र २५–२२ ले पराजित ग¥यो । गलकोटले उपाधिसँगै एक लाख ३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उपविजेतामा बनेको एपिएफ पोखरा ८० हजारमा चित्त बुझाउनुप¥यो । विधागततर्फ उत्कृष्ट सेटर सुजन चोखाल, डिफेन्डर विक्रम भुजेल, स्पाइकर सुरेन्द्र केसी, ब्लकर इन्दु विक, उदयमान सरोज वर्देवा, प्रशिक्षक सुरेन्द्र केसी बन्दा सन्तोष विक सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए ।
महिला तर्फ नदिपुर पोखरालाई ३–१ ले पराजित गर्दै धादिङ स्पोट्सले उपाधि हात पा¥यो । पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको धादिङले दोस्रो २६–२८ ले नदिपुरलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२० र चौथो सेट २५–२१ ले पुनरागमन गर्दै धादिङले उपाधि रक्षा ग¥यो । उपाधिसँगै धादिङले नगद ५० प्राप्त ग¥यो । फाइलनमा पराजित भएको नदिपुरले ३५ हजारमा चित्त बुझायो ।
विधागतर्फ उत्कृष्ट सेटर पूर्णकला खत्री, स्पाइकर पुनम सुनारी, ब्लकर अनिशा रोकामगर, डिफेन्डर सलिना गुरुङ, उदयमान जमुना गुरुङ, प्रशिक्षक विरु लामा बन्दा, निरुता शाही ठकुरी सर्वोत्कृष्ट खेलाडी बने ।
कार्यक्रममा बोल्दै माछापुच्छे गाउपालिकाका प्रमुख मिनबहादुर गुरुङले पोखरा भलिबल प्रशिक्षण केन्द्रले आगमी दिनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकोस भन्दै शुभकामना व्यक्त गर्नुभयो ।
प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले एक पालिका एक खेलकुद प्रशिक्षण केन्द्रको स्थापना, नियमक निकायले खेलाडीहरुको अभिलेखिकरण र प्रतियोगितामा आउने खेलाडीलाई पोखरामा आवासको व्यवस्थाको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।
केन्द्रका अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)ले सम्पूर्ण सहयोगीदाताहरु प्रति धन्यवाद व्यक्त गर्दै भलिबल खेलको विकासमा निरन्तर लागि रहने जानकारी गराउनुभयो ।
केन्द्रका अध्यक्ष कुलप्रसा छन्त्याल कुशलको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार जापान गुरुङ, कार्यक्रम संयोजक मनोज खड्का, अशोक थापा लगायतले बोल्नुभएको थियो । टिकटबाट उठेको रकमबाट मृगौला पीडितलाई नगद २५ हजार सहयोग गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives