पोखरा महानगर वडा नं. १ को वजार अनुगमन

राष्ट्र न्यूज सम्वाददाता
असाेज २१, २०८१
1

पोखरा । पोखरा महानगरपालिका वडा नं. १ ले चाडपर्व लक्षित अनुुगमन सुरु गरेको छ । नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै वडाले अनुुगमन सुुरु गरेको हो ।
पोखरा महानगर पालिका वडा नं. १ का वडा अध्यक्ष साहारा प्रधानको नेतृत्वमा वडा सदस्य शोभा गुरुङ, जुमकाजी गुरुङ, जुकमाया दमाई, वडा सचिव पोष्ट नारायण ढकाल वडा प्रहरी कार्यालय वगरका प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराई, सामुदायिक प्रहरी सेवा एवम् सामुदायिक सेवा केन्द्र वगरका अध्यक्ष रामप्रसाद अधिकारी, पोखरा महानगर पालिका पशु सेवा शाखाका विज्ञ डा. पवन पाण्डे, डा. अशेष राज विक, राष्ट्रिय उपभोक्ता मञ्चका प्रतिनिधि हुमनाथ अधिकारी, नगर प्रहरी सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
टोलीले २४ वटा मासु पसल र ४ वटा खाद्यान्य पसल अनुगमन गरेको थियो । अनुगमनका क्रममा ६ वटा मासु पसलको व्यवसाय दर्ता नभएको तथा नविकरण नभएकोले उक्त व्यवसायलाई तीन दिन भित्र वडामा आई व्यावसाय दर्ता र नविकरण गर्न निर्देशन दिएको छ ।
केहि पसलमा म्याद गुर्जिएको सामन भेटिएकोले ती सामग्री नष्ट गरिएको वडा अध्यक्ष साहार प्रधानले जानकारी दिनुभयो ।
‘उपाभोक्ताको हितमा रहेर हामीले अनुगमन गरेका छौ’ अध्यक्ष प्रधानले भन्नुभयो, ‘वडावासीको हक हितका लागि हामी अनुगमनलाई निरन्तरता दिनेछौ ।’ व्यवसायीले आफ्ना मापदण्ड पुरा गरेर व्यवसाय सञ्चलन गर्न उहाँले आग्रह गर्नुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives