रास्वपा सभापति लामिछाने पक्राउ

सरकारको दादागिरीविरुद्ध डटेर समान गर्न कार्यकर्तालाई लामिछानेको आग्रह

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक २, २०८१
Rabi_Lamichhane_RSP

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने शुक्रबार पक्राउ पर्नुभएको छ ।
काठमाण्डौको वनस्थलीस्थित पार्टी कार्यालयबाट लामिछाने पक्राउ पर्नु भएको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पूर्व गृहमन्त्री लामिछानेलाई पक्राउ गरेको हो ।
जिल्ला अदालत कास्कीबाट लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै सिआइबीका प्रहरी उपरीक्षक होविन्द्र वोगटीको टोलीले लामिछानेलाई पक्राउ गरेको हो । लामिछानेसँगै १४ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ ।
लामिछानेलाई शुक्रबार नै कास्की ल्याउने तयारी प्रहरीले गरेको छ । सहकारी बचत रकम अपचलनमा संलग्न देखिएको भन्दै संसदीय छानविन समितिले लामिछानेलाई कारवाही गर्न नेपाल सरकारलाई सिफारिस गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले ठगी तथा संगठित अपराध सम्वन्धि मुद्धामा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन सिआईबी सहितका प्रहरी निकायलाई पत्राचार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सिआईबीलाई लेखेको पत्र

पक्राउ पर्नु अघि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता ठूलो भिड थियो । कार्याकर्ताले सरकारविरुद्ध चर्को नारावजी समेत गरेका थियो ।
पक्राउ पर्नु भन्दा अगाडि सभापति लामिछाने संक्षिप्त संवोधन गर्नभएको थियो । संवोधनका क्रममा आफूले कुनै पनि अपराध नगर्दा पनि राज्यले सम्पूर्ण शक्ति प्रयोग गरेर राजनितिक पूर्वाग्रह्मा आफूलाई गिरफ्तारी गरेको बताउनुभयो ।
‘मलाई व्यक्तिको रुपमा साथ दिनुहोस् भन्न म चाहान्न अभियानकाका रुपमा नेपाली जनताले देखेको सपनालाई साथ दिन अनुरोध गर्दछु’ लामिछानेले भन्नुभयो, ‘मैले कुनै किसिमको अपराध गरेको छैन । म सचेत नागरिक भएकै कारण न्यायकि प्रक्रियालाई सघाउन प्रतिवद्ध छु । तर राज्यले गरेको यो दादागिरीलाई डटेर सामान गर्ने सवैमा सहास मिलोस् ।’
पक्राउ पर्नु अघि लामिछाने आफ्नो फेसवुकमा सरकारविरुद्ध चर्को आक्रोस पोख्नुभएको थियो।
लामिछानेले आफ्नो फेसवुक लेखेको जस्ताको तस्तै

सरकार मर्यो,हामीलाई जुठो पर्यो !!

तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी ??
तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?
तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने ।
तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चड्नु पर्ने?
तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने?
यति गरेपछी भाटभटिनीको इस्यु मोड्नपनि पाइयो। प्रमाण छ भन्ने युवा नेतालाई पनि भागेर हिड्न परेन। तर म कहिले भागेर हिडिन र हिड्दिन पनि। ओली जी, भ्रष्टाचारी समाउन मैले प्रधानमन्त्रीको अफर लत्याए, तिनै भ्रष्टाचारी जोगाउन तपाईले त्यही अफर रातारात विचौलियालाई साक्षी राखेर लिनुभो।वाचा स्वरुप तपाईंले मेरो बली चडाउने सम्झौता त्यसै रात गर्नु भएको थियो।यो मलाई राम्रो सँग थाहा छ।तपाईको मन्त्रीमण्डल त्यसको साक्षात प्रमाण हो। तपाईहरुका दलका नेता /कार्यकर्ता प्रमाणित सहाकारी ठग हुन् । कोहि जेलमा छन् कोहि फरार छन् ।तपाईहरु तिनलाई जोगाउन लागिपर्नु भएको छ। अब तपाईहरु बाट पीडितले न्याय पाउदैनन् । त्यसैले अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौ।
ठिक छ,म तपाईहरुको दिनगन्ती शुरु भएको खुशियालीमा कानुनलाई पुरै सघाउने प्रतिवद्द्ता ब्यक्त गर्दछु ।
नयाँ पुस्तालाई एक एक गर्दै सक्काउदै जाने तिमीहरुको कुनियतले तिमीहरुलाई चाडै रसातलमा पुर्याएको यो देशले चाडै देख्ने छ। शुरूवात तिमीहरुले गर्यौ,अन्त्य हामी गर्नेछौ, नेपाली जनताले गर्नेछन्, छिट्टै गर्नेछन्।
अहिलेलाई,सरकार मर्यो हामीलाई जुठो पर्यो। तर मलाई न्यायलय प्रती आशा र न्याय प्रेमी जनता प्रति भरोसा छ। प्रिय रास्वपा परिवारका साथीहरू, शिर ठाडो राख्नु होला। तपाईको सभापतिले कसैलाई ठगेको छैन।
All reactions:

Ram Gurung, Uttam Prasad Poudel and 50K others

12.6K comments
5.9K shares
Like
Comment
Copy
Share

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Facebook

Jwala Sangroula is with Rabi Lamichhane. 
Follow

 
एकजना ब्यक्तिले सारा लुटेराहरुको लुटिखाने भाडो फुटाउन लागेपछी ती लुटेराहरुको निन्द हराम भयो। फलस्वरूप एउटाले स्वास्नी जोगाउन र अर्कोले गिरिबन्धुको लफडा राफसाफ गर्न रबिलाई हतियार बनाए। तर त्यो हतियारको धारमा आज आफ्नै टाउको राखेका छन् । होस गर दलाल हरु! श्रीलंकामा जस्तै लखेटिने दिन आउदै छ अब तिमीहरुको !!

Related News

सम्बन्धित समाचार

Archives

Archives