पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक

राष्ट्र न्यूज सम्वाददाता
कार्तिक ४, २०८१
rabindra dai ko buwa

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष प्रेस स्वतन्त्रता सेनानी रविन्द्र बास्तोलालाई पितृशोक परेको छ ।
बास्तोलाका पिता विश्वनाथ बास्तोलाको ९१ वर्षको उमेरमा शनिबार उपचारका क्रममा निधन भएको हो । स्व. विश्वनाथका शनिवार नै मणिपाल शिक्षण अस्पताल नजिकैको घाटमा अन्त्येष्टि गरिएको थियो ।
स्व. विश्वनाथका १ छोरा, ३ छोरी ६ नाति, ६ नातिनी, ६ पनाति र ४ पनातिनी छन् । श्रीमती १ छोरा र १ छोरीको निधन भईसकेको छ ।
शिक्षा सेवाको उपसचिव पदबाट अवकाश प्राप्त स्व. विश्वनाथ देशमा भएका विभिन्न राजनितिक परिवर्तनका आन्दोलनमा सहभागि हुनुभएको थियो ।
यसै गरी नेपाल प्रेस युनियन कास्कीले एक शोक विज्ञप्ति प्रकाशन गर्दै युनियन कास्कीका सल्लाहकार रविन्द्र वास्तोलाको पिताको निधन प्रति दुःख व्यक्त गरेको छ ।
युनियन कास्कीका सचिव धनबहादुर गुरुङद्धारा जारी विज्ञप्तिमा शिक्षासेवी, समाजसेवी, प्रजातन्त्रप्रेमी विश्वनाथको निधनन प्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिर शान्तिको कामना व्यक्त गर्दै शोकसन्तप्त परिवारजन प्रति समवेदना प्रकट गरिएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives