कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १०, २०८१
united chhatrabas news phot3

पोखरा । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासिय छात्रावास निर्माण गर्ने भएको छ । गरिब विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको छात्रावासको सोमबार सिलान्यास गरिएको हो ।
पोखरा महानगरपालिका वडा नं २७ अर्चलेमा रहेको युनाईटेड क्लबको ८ रोपनी जग्गामा निर्माण हुन लागेको आवासिय छात्रावासको सोमबार कास्की क्षेत्र नं १ का सांसद मन बहादुर गुरुङले एक समारोहका बीच शिलन्यास गर्नुभयो ।
गुरुङले युनाईटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम मार्फत अगाडि वढिरहदा हाल आएर गरिब विद्यार्थीहरुलाई लक्षित गरी आवासिय छात्रावास निर्माणको थालनी गर्नु आफैमा श्रहानिय काम भएको बताउनुभयो ।
छात्रावास निर्माणको लागि आफ्नो ब्याक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने र आफुले नेपाल सरकारको विभिन्न मन्त्रालयहरु र विभागहरुमा समेत उक्त योजनालाई अगाडि बढाउन पहलकदमी गर्ने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो । सरकारले गर्नुपर्ने काम युनाईटेड क्लबले गरिरहेको बताउदै गुरुङले युनाईटेड क्लबको हरेक क्रियाकलापमा आफ्नो सहयोग रहने समेत बताउनुभयो ।
पोखरा महानगरपालिका वडा नं २७ का वडा सदस्य सूर्य बहादुर वाग्लेले आफ्नो वडा त्यसमा पनि कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थल नजिकै शिक्षाबाट बञ्चित भएका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण हुन लागेको आवासिय छात्रावास निर्माणमा वडाको तर्फबाट सक्दो सहयोग रहने बताउनुभयो ।
वडा नं २७ मा निर्माण हुन लागेको आवासिय छात्रावास स्थल सम्म वडाले यसअघिनै सडक निर्माण गरिसकेको बताउदै वाग्लेले आगामी दिनमा उक्त सडकको समेत स्तरोन्नती गर्ने उल्लेख गर्नुभयो ।
युनाईटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लबले स्थापना कालदेखिनै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन र त्यसमा पनि पोखरामा खुल्ला चिडियाखाना निर्माणको पहलकदमी उठाउदै आएको बताउनुभयो ।
उहाँले क्लबकै पहलमा पोखराको लेखनाथ स्थित पचभैयामा चिडियाखानाको निर्माण कार्य जारी रहेको भएतापनि सरकारले त्यसलाई खुल्ला चिडियाखाना भन्दापनि घाइते भएका वन्यजन्तुको उद्धार केन्द्र बनाउनतर्फ अगाडि बढेको उल्लेख गर्नुभयो ।
पोखरामा खुल्ला चिडियाखाना निर्माणका लागि भनेर क्लबकै पहलमा सामुदायिक वनहरुसंग सहकार्य गरेको भएतापनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेकाले आगामी दिनमा त्यसतर्फ स्थानीयहरुले समेत सरकारको ध्यानाकर्षण गराउनतर्फ अगाडी वढ्नुपर्ने उहाँको भनाई थियो ।
क्लबका संस्थापक अध्यक्ष तथा युनाईटेड आवासिय छात्रावास निर्माण समिति संयोजक हिमालय बख्रेलले युनाईटेड क्लबका परियोजनाको रुपमा आवासिय छात्रावास निर्माण गर्न लागिएको र यसका लागि तीनै तहको सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । करिब ४ करोड लागतमा निर्माण हुने उक्त आवासीय भवन निर्माणका लागि सरकारी, विभिन्न निकाय, संघसंस्था तथा ब्याक्तिहरुको सहयोग आवश्यक रहने बख्रेलको भनाइ थियो ।
८ रोपनी क्षेत्रफलमा निर्माण हुने छात्रावास १० कोठाको रहने र ५० जना विद्यार्थीलाई राख्न मिल्ने बताउदै बख्रेलले पहिलो वर्ष ४ कोठाको भवन निर्माण सम्पन्न गरी विद्यार्थी राख्ने र वर्षै पिच्छे निर्माणको कामलाई जारी राख्दै प्रोजेक्ट सम्पन्न गर्ने बताउनुभयो ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले कवि शिरोमणी लेखनाथ पौडेलको जन्मस्थान नजिकै शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित रहेका विद्यार्थीहरुलाई लक्षित गरी निर्माण गर्न लागिएको आवासिय छात्राबास निर्माणले शिक्षाको क्षेत्रमा सानो भएतापनि सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा क्लवका पदाधिकारी तथा सदस्यहरु, विभिन्न विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थी, पोखरा महानगरपालिका वडा नं २७ का जनप्रतिनिधी, विभिन्न आमा समुहका पदाधिकारी तथा सदस्यहरु संगै स्थनियहरुको उपस्थिती रहेको थिए । क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिनाले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन क्लबका महासचिव दिनेश सुनारले गर्नुभएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग