पोखरा महानगरपालिका वडा नं.२५ को साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको सडक स्तरोन्नति कार्य शुभारम्भ गरिएको छ ।
सडक स्तरोन्नति कार्यको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुभारम्भ गर्नुभएको हो ।
साझा चोकदेखि तिब्बतियन क्याम्प सम्मको करिब १.७ किमी डबल लेनको सुविधा सम्पन्न सडक निर्माण हुनेछ । रु.६ करोड ८७ लाख लागत अनुमान गरिएको उक्त सडक ओएस इन्जिनियरिङ डिएनएस जेभिसँग ४ करोड ७९ लाख ५८ हजार ९८३ रुपैयाँ ४८ पैसामा निर्माण ठेक्का सम्झौता भएको छ । निर्माण कम्पनीले आगामी २०८२ कात्तिक १३ गतेसम्म बाटो सम्पन्न गरी बुझाउने छ ।
१ हजार २ सय मिटरको लम्बाइसम्म सडक ११ मिटर चौडाइको हुनेछ भने बाँकी ५ सय ४० मिटर सडक १३ मिटर चौडाइको हुनेछ । दुवै तर्फ नालामाथि सल्याव सहितको फुटपाथ हुनेछ। सडकमा २ सेन्टिमिटरको प्रिमिक्स पिच हुनेछ ।
कार्यक्रममा बोल्दै पोखरा महानगर पालिकाका प्रमुख धनराज आचर्यले बाटो स्तरोन्नतीका लागि वजेटको समस्या नरहने बताउनुभयो ।
‘निर्माण कम्पनीले समयमा नै यो काम सम्पन्न गर्नुप¥यो’ उहाँले भन्नुभयो,‘काम सम्पन्नसँगै वजेटको पनि सुनिश्चता गर्दछौ ढुक्क भएर काम गर्नुहोस् ।’
पोखरा महानगर पालिका वडा नं. २५ का वडा अध्यक्ष तथा महानगरका प्रवत्ता मोतिलाल तिम्सिनाले हेमजामा गौरवका योजनाहरु धमाधम शुरु भएको जानकारी दिनुभयो।
‘राजमार्गको बैकल्पिक रुपमा रहेको हेमजाको ऐतिहासिक साझाचोक, तिब्बतियन सडक खण्डको चाक्लाबन्दी र स्तारोन्नति पनि गौरवको योजना भित्र रहेको छ’ तिम्सिनाले भन्नुभयो,‘ बाटो समयमा सम्पन्न गर्न र गुणस्तरीय बनाउन सहयोग गर्न सरोकारवाला सम्पूर्णलाई आग्रह गर्दछु ।’
यो सँगै चौरासी नहर पूननिर्माण, सुइखेतखोला डुवान नियन्त्र, सुइखेतखोला तटबन्दनलागयतका गौरवका योजनाको पनि काम भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रममा पोखरा महानगर पालिकाका प्रमुख प्रशाशकिय अधिकृत शिवराज चौलागाइ, तत्तकालिन हेमजा गाविसका पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, पूर्व उपाध्य धर्मराज बास्तोला, वरिष्ठ इन्जिनियर सुरेन्द्र पाण्डे, पोखरा–२५ हेमजाका सूचना अधिकारी इश्वरीप्रसाद बास्तोला निर्माण व्यवसायी वालकृष्ण श्रेष्ठलगायतले बोल्नुभएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजामा २४ सै घण्टा खानेपानी, अभाव मेट्न वोरिङ थप्दै
एभरेस्ट एफएमको चौथो वार्षिकोत्सवमा मानव सेवा आश्रममा थप १ लाख प्रदान
कवि शिरोमणि लेखनाथ पौड्यालको जन्न्मस्थान नजिकै युनाईटेड आवासिय छात्रावास बन्ने
कास्कीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु(फोटो फिचर)
रास्वपा सभापति लामिछानेलाई १५ दिन हिरासतमा राख्न अनुमति
Archives
Archives