१७ औं हिसान कास्की स्पोर्टस् मिट सुरु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १२, २०८१
Hisan

पोखरा, १२ मंसिर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १७ औं हिसान कास्की स्पोर्टस मिट २०८१ औपचारिक रुपमा मंगलबारबाट सुरू भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले  स्वस्थ्य शरीरमा स्वस्थ मन हुने र स्वस्थ तनमनले नै ज्ञान लिन सक्ने बताउनुभयो ।

प्रदेश प्रमुख भट्टले नेपाली राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीलाई हिसान कास्कीको तर्फबाट नगद २५ हजार ५ सय ५५ का साथमा सम्मानपत्र प्रदान गर्नुभयो । प्रदेश प्रमुख भट्टले कप्तान अरुणालाई उहाँको खेलको योगदानको कदर गर्दै आफ्नोतर्फबाट समेत नगद ५ हजार प्रदान गर्नुभयो ।

हिसान कास्कीका अध्यक्ष दिवाकर जैशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा हिसानका केन्द्रिय अध्यक्ष रमेश कुमार सिलवालले खेलकुदले सबैलाई एकतावद्ध बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो ।

हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं १७ औं हिसान स्पोर्टस मिटका संयोजक याम बहादुर रोक्काले स्पोर्टस मिट महोत्सवको रुपमा अघि बढेको बताउनुभयो ।

सम्मानित राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाहीले यूवा खेलाडीहरु शिक्षा संगै खेलकुदमा लाग्न आग्रह गर्नुभयो ।

बास्केटबल

हिसान स्पोर्टस मिट अन्तर्गत जारी प्लस टु छात्र बास्केटबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न खेलमा डायनामिक माविले न्यू लाइटलाई २६–१२ ले, भाष्कर माविले शिशु निकेतनलाई ३२–१२ले, त्रिवेणीले लिटिल स्टेपलाई ४८–३४ ले, प्रतिभा माविले हिलपोइन्टलाई ४७–१३ ले, मनकामनाले फेवा माविलाई ७०–०३ ले र कास्की मोर्डनाइज्डले स्टेप वाई स्टेपलाई ३५–१६ ले पराजित गरेको बास्केटबल खेलका संयोजक खिम बहादुर गुरुङले जानकारी दिनुभयो ।

यता छात्रा बास्केटबलतर्फ भने प्लस टु (कक्षा ११–१२)तर्फ क्वार्टर फाइनलका खेलहरु सम्पन्न भएको छात्रा बास्केटबलका संयोजक रामचन्द्र पौडेलले जानकारी दिनुभयो । मंगलबार सम्पन्न खेलमा फिस्टेल माविले सगरमाथालाई १८–३ ले, के.एम.एले गुरूकुललाई ३१–८ ले, त्रिवेणीले जेसिएलाई ०८–०३ले, मदरल्याण्डले न्यू ग्यालेक्सीलाई २१–१४ ले, प्रतिभाले फिस्टेललाई ११–०७ ले, कास्की मोर्डनाइज्डले माउन्ट अन्नपूर्णलाई ३३–११ ले र ग्लोबलले त्रिवेणीलाई १४–०५ ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गरेका छन् ।

भलिबल

पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा प्लस टु छात्र–छात्रातर्फ १४ खेल सम्पन्न भएका छन् । छात्रतर्फको खेलमा माउन्ट अन्नपूर्ण, न्यू ग्यालेक्सी, सिर्जना, गुरुकुल, प्रतिभा मावि, जुनियर सिटिजन्स एकेडेमी, कास्की मोर्डनाइज्ड, हिल पोइन्ट, सोसल पब्लिक र स्पाइरल ग्यालेक्सीले पहिलो चरणको खेल जितेका छन् ।

यसै गरी छात्रातर्फ सम्पन्न चार खेलमा प्रतिभाले पोखरा युनाइटेडलाई २५–८, २५–१४ ले, त्रिवेणीले मदरल्याण्डलाई २५–१०, २५–१०, टप्सले बालोदयलाई २५–११, २५–११ ले आ–आफ्नो पहिलो चरणका खेल जितेका छन् ।

साथै प्लस टु छात्र–छात्रा टेबुल टेनिस र ब्याडमिन्टनका प्रतिष्पर्धाहरु समेत सुरु भएका छन् ।

१७ औं संस्करणको हिसान स्पोर्टस मिट यहि मंसिर १४ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । स्पोर्टस मिट अन्तर्गत प्लस टु (कक्षा ११–१२) विद्यालय, कलेज र विश्वविद्यालयतर्फका खेलाडीहरु विभिन्न चार खेलका छुट्टा–छुट्टै इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् ।

हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने भएको छ । प्रतियोगितामा मावितह छात्र भलिबलमा ३३ र छात्रातर्फ २१ विद्यालयको सहभागिता हुने छ ।

त्यस्तै बास्केटबलमा सर्वाधिक ३९ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ ११ टिम भिड्नेछन् । टेवुल टेनिसतर्फ छात्र–छात्रा सिंगल्स, डब्लसतर्फ १ सय ११ खेल हुनेछन् भने व्याडमिन्टन छात्र–छात्रातर्फ सिंगल्स र डबल्ससमा गरी कुल १ सय २४ खेल हुनेछन् ।

विश्वविद्यालयतर्फ बास्केटबलमा छात्रतर्फ ८ र छात्रातर्फ समेत ८ टिमले सहभागिता जनाएका छन् ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय प्लस टु तर्फ ६६, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका १५ मध्ये कुल ६१ शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । प्रतियोगितामा ४ हजार भन्दा वढि विद्यार्थीहरुको सहभागिता हुने तथा २५ हजार भन्दा बढि विद्यार्थी अभिभावकले अवलोकन गर्ने हिसान कास्कीले जनाएको छ ।

प्रतियोगिता सम्पन्न गर्न करिव २५ लाख खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयहरुलाई रनिङ्ग शिल्ड, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितालाई आइएनजी ग्रुपले मुख्य प्रायोजन गरेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग