एन प्याव्सनको खेलकुद महोत्सवमा प्रदान गरिने रनिङ शिल्डको अनावरण

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १६, २०८१
npabsan

एन प्याव्सन कास्कीले ट्रफीको अनावरण गरेको छ । १४ औं खेलकुद महोत्सवमा च्याम्पियन विद्यालयलाई प्रदान गर्ने रनिङ शिल्डको अनावरण गरिएको हो ।
रनिङ शिल्डको प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशका उपाध्यक्ष धोज कुमार गुरुङ र एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले संयुक्त रुपमा अनावरण गर्नुभएको हो ।
चाँदी जडित उक्त रनिङ शिल्ड १ लाख २५ हजार मा बनेको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिी प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष गुरुङले खेल क्षेत्रमा एन प्याव्सनले पु¥याएको योगदान अतुलनिय रहेको बताउनुभयो ।
‘खेलाडी उत्पादन गर्ने ठाँउ नै विद्यालय हो तपाईहरुले गरेको यो महोत्सवले देश र अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिने खेलाडि निकाल सकोस्’ उहाँले भन्नुभयो, ‘तपाईहरुले गरेका खेलकुद गतिविधिमा समन्वय गरेर जानेछौ ।’ २०५५ सालमा स्थापना भएको एनप्याव्सनमा हाल ४९ विद्यालय आवद्ध रहेका छन् । ‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ खेलकुद महोत्सव मंसीर २५ देखि २८ गते सम्म चल्ने छ । मंसीर २५ गते औपचारिक उद्घाट भएपनि २१ गते देखि अनौपचारिक रुपमा प्रतिस्पर्धा हुने एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो ।
खेलकुद महोत्सवमा ४६ विद्यालयका लगभग ८ हजार ५ सय खेलाडीविद्यार्थी (झण्डै ४ हजार ६ सय छात्र र ३ हजार ९ सय छात्रा) मैदानमा प्रतिस्पर्धाका गर्ने अधिकारीले जानकारी दिनुभयो।
जुनियर तर्फ १ हजार १ सय ५० छात्र र १ हजार १ सय ५० छात्रा सहभागी हुनेछन् भने सिनियर तर्फका खेलमा ३ हजार २०० छात्र र २ हजार ६०० छात्राले सहभागी जनाउनेछन् ।
त्यसै गरी कक्षा ११ र १२ तर्फ २ सय ५० छात्र र १ सय ५० छात्राले प्रतिस्पर्धा जनाउने छन् । चार दिनसम्म सञ्चालनहुने उक्त खेलकुद महोत्सवमा कुल ९ सय २९ जनाविद्यार्थीहरू पुरस्कृत हुने छन् २ सय ५१ स्वर्ण पदक, २ सय ५१ रजत पदक र ४ सय २७ कास्य पदकका लागि विभिन्न ९ खेलमा प्रतिस्पर्धा हुनेछ ।
यस पटक सडक दौड र पुरुष क्रिकेटलाई पनि समावेश गरिएको छ । मंसीर २२ गते कक्षा १ देखि १० सम्मका छात्र–छात्रा ५ किमि सडक दौड रहेको छ । यो सँगै फुटबल, बास्केटबल, टेबलटेनिस, भलिबल, व्याडमिन्टन, ह्याण्डबल, फुटसल, एथलेटिक्स रहेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग