गण्डकी प्रदेशको पहिलो शुक्लागण्डकी कोटिहोम सुरु

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १७, २०८१
Kotihom (2)

पोखरा, १७ मंसिर । पोखरा महानगरपालिका वडा नं १५ ढुङ्गेसाँघु, पट्नेरीमा गण्डकी प्रदेशको पहिलो शुक्लागण्डकी कोटिहोम–२०८१ सुरु भएको छ ।

कोटिहोमको उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टलेधार्मिक पर्यटनको विकासका लागि शुद्ध मनहरूबाट यस्ता सत्कर्मका प्रयासहरू आवश्यक रहेको बताउनुभयो । विश्वका कयौँ देशहरुले धार्मिक पर्यटनबाटै विकासमा फड्को मारेको उहाँको भनाइ थियो ।

यज्ञको उद्याटनमा ब्रह्मनिष्ठ १००८ सन्त शिरोमणि मुक्तिनाथ धाम बुटवलका संरक्षक लोकानत्द स्वामी, कालिगण्डकी ज्ञानविज्ञान प्रतिष्ठान स्याङ्जाका संस्थापक अध्यक्ष चैतन्त्र कृष्णले धार्मिक प्रवचन दिनुभएको थियो ।

यज्ञ संचालन नारी परिचालन उपसमिति संयोजक पार्वता पाण्डेले कोटिहोम संचालनको उदेश्यवारे जानकारी दिदै ढुङगेसाँघुको यो ठाउलाई धार्मिकस्थलको रुपमा विकास गर्ने योजना रहेको उल्लेख गर्नुभयो ।

प्रमुख वाचक, संरक्षक तथा यज्ञ संकल्पकर्ता शोभाकान्त ढकाल (कृपालु दास) ले धार्मिक पर्यटकीय केन्द्र बनाउन सबै पोखरेलीको साथ र सहयोगको लागि आग्रह गर्नुभयो ।

यज्ञ उद्घाटन अघि पोखरा महानगरपालिका वडा नं १५ को कार्यालयबाट यज्ञस्थल ढुङ्गेसाँघु, पट्नेरी शुक्लागण्डकी (सेती नदी) को तटसम्म कलश यात्रा गरिएको थियो ।

अन्नपूर्णेश्वर शिवालय शिवशक्ति धाम तथा बृहत्तर धार्मिक क्षेत्र विकास समितिले कोटिहोमको आयोजना गरेको हो । मंसिर २७ गतेसम्म कोटिहोम संचालन हुनेछ । ।कोटिहोममा १५ भन्दा बढि बाचकलाई निम्ता गरिएको आयोजकले जनाएको छ ।

धाममा १०८ शिवलिङ्ग, १०८ गौमुखी धारा, सेती नदीसम्म स्नानका लागि पुग्न १०८ सिँढी, जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने उदेश्यका साथ कोटिहोम आयोजना गरिएको समितिका उपाध्यक्ष राजकुमार बरालले जानकारी दिनुभयो ।

यज्ञको दोस्रो दिन प्रमुख बाचक ढकालसहित दिग्र्शनबाचक शिरोमणी दिपक सापकोटा, भागवत्मन्जरी पुज्य राधाकिशोरी दासीले कथा बाचन गर्ने कार्यक्रम रहेको धामका कोषाध्यक्ष नारायण भण्डारीले जानकारी दिनुभयो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग