२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १७, २०८१
IMG_20241202_101811

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघले २० औं संस्करणको लेखनाथ महोत्सव पुसको दोस्रो साता बाट गर्ने भएको छ ।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संमृद्धि’ भन्ने मूलनाराका साथ पुस १८ देखि माघ १ गते सम्म महोत्सव गरिने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पोखरा २७ को डाडाँकोनाक तालचोकमा हुने २० औँ संस्करणको लेखनाथ महोत्सव लागि लेखनाथ उद्याग वाणिज्य संघ तयारीमा जुटेको छ ।
स्थानीय कृषि तथा औद्योगिक उत्पादनको प्रवद्र्धन, हस्तकलाका वस्तुहरुकोे बजार प्रवद्र्धन तथा पहिचान, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, आवश्यक ज्ञान, सिप, र प्रविधि हस्तान्तरण, उद्यमशिलता, सृजनशिलता, राष्ट्रिय तथा अन्तराष्ट्रिय मुलुकहरुमा उत्पादित वस्तु तथा सेवाहरुको प्रदर्शनी, जातिय भेषभुषा, कला संस्कृति, रितिरिवाजको जर्गेना, नवप्रतिभा प्रस्फुटन साथै आन्तरिक एवं वाह्यपर्यटक प्रवद्र्धन गर्ने उद्देश्यले महोत्वसवको रहेको मुल आयोजक समिति संयोजक तथा संघ अध्यक्ष विनोद श्रेष्ठले जानकारी दिनुभयो ।
औद्योगिक ब्यापार मेला, हस्तकलाका सामानहरु, दैनिक उपभोग्य एवं खाद्यान्न सामानहरु, फेन्सी, कस्मेटिक तथा श्रृंगारका सामानहरु, विद्युतीय उपकरण, फर्निचरका सामानहरु, भान्छामा प्रयोग हुने मालसामानहरु, शिक्षा, स्वास्थ्य, खेलकुदका सामाग्रीहरु, सूचना प्रबिधि तथा सञ्चारका उपकरणहरु, लेखनाथ क्षेत्रका गतिविधिहरु, फुड फेस्टिवल, अटोमोवाइललगायतको प्रदर्शनी, वित्तिय तथा अन्य सेवामुलक संघ संस्थाको सेवा तथा जानकारी, यस क्षेत्रमा उत्पादित सुन्तला, माछा, मौरी प्रर्दशनी, कफि, ताजा तरकारी, जैविक विविधता, दुग्धजन्य उत्पादनलगायतको विक्रिएवं प्रदर्शनी महोत्सवको मुख्यआर्कषण रहेको प्रचार प्रसार उपसमिति संयोजक तथा महासचिव जानुका पराजुली अधिकारीले जानकारी दिनुभयो ।
महोत्सवको थप आकर्षणको रुपमा यस वर्ष गौतम बुद्धको प्रतिमा, नवप्रतिभा खोजि अन्तर्गतःखुल्ला युगल जोडि नृत्य प्रतियोगिता, महोत्सवमा पहिलो पटक महिलाहरुको क्षमता अभिबृद्धिका लागिःमहिला समूहहरु बिच हाजिरी जवाफ प्रतियोगिता पनि आयोजना गरिने पराजुलीले बताउनुभयो ।
महोत्सवमाजात जातिको रितिरिवाज तथा सांस्कृतिक प्रदर्शनी, झाँकीर्याली प्रदर्शनी, रत्यौली ,ि शैक्षिक प्रदर्शनीहरु, विद्यालय स्तरीय कार्यक्रम, विद्यालय स्तरिय खुल्ला चित्रकला प्रतियोगिता, सुगम संगिततर्फ पप कन्सर्ट र लाइभ व्याण्ड, राष्ट्रिय स्तरकाचर्चित कलाकारहरुवाट लोकदोहोरी तथा स्टेज सो (हास्यव्यङ्ग्य) कार्यक्रम, बालउद्यान, खानामहोत्सवलाई यस वर्ष पनि निरन्तरता दिईएकोे जानकारी दिए ।

महोत्सवको बचतवाट प्रदर्शनी स्थल र औद्योगिक क्षेत्र निर्माणको लागि पहलएवं सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास लगायत विभिन्न सामाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने आयोजकले जानकारी दिएको छ ।
महोत्सवलाई व्यवस्थित रुपमा संचालन गर्नका लागि ९ सदस्यीय निर्देशक समिति, ३९ सदस्यीय सल्लाहकार समिति, ११७ सदस्यीय कार्यसम्पादन समितिएवं ४७ वटा उपसमिति गठन गरिएको संघका उपमहासचिव भरतराज ओझाले जानकारी दिनुभयो ।
३ सय ३६ स्टल मध्ये अटो प्रदर्शनी स्टल ६, शैक्षिक÷ग्रामिण प्र्रदर्शनी १२, कृषि प्रदर्शनी ३६, किचन सामाग्री २५, मेशनरी १०, हस्तकला प्रदर्शनी १६, गार्मेन्ट तथा रेडिमेट १ सय ८, जनरल २६, फुड एण्ड बेभरेज प्रदर्शनी १६, डेरी प्रदर्शनी ९, नेपाली उत्पादन प्रदर्शनी २२, खानामहोत्सव १७, बैंक तथा वित्तिय संघसंस्था, प्रायोजक अन्तर्गत ३३ स्टल रहने छन् । संघका सदस्यहरुलाई विशेष प्राथमिकतामा राखी स्टल बुकिङ सोमबार देखि नै खुल्लागरिएको छ भने अन्य व्यवसायीहरुका लागि मंसिर २४ गते देखि बुकिङ खुल्ला गरिने र सदस्य स्वयंले स्टल राखेमा २० प्रतिशत छुट र सामान ढुवानीका लागि थप दुई हजार रूपैयाँ उपलव्ध गराइने संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिनुभयो ।
राष्ट्रिय वाणिज्य बैंक गण्डकी प्रदेशका प्रमुख पुष्पचन्द्र थापाले संस्थाको सामाजिक उत्तरदायित्व सँगै स्थानिय मेलामहोत्सवको प्रर्वद्धन गरि यस क्षेत्रको समग्र विकासमा टेवा पु¥याउने उद्धेश्यले सहकार्य गरिएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रामप्रसाद तिमिल्सीनाले महोत्सवको माध्यमबाट स्थानीय उत्पादनको प्रर्वद्धन र ब्राण्डिङ गरिनुपर्ने वताउँदै अहिलेको आर्थिक संकटको अवस्थामा महोत्सवको माध्यमबाट व्यवसायीहरुलाई उत्प्रेरीत गर्ने खालका कार्यक्रमहरु गर्न सके राम्रो हुने सुझाव दिनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने उत्त महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश सहआयोजक, पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड प्रवद्र्धक तथा राष्ट्रिय वाणिज्य संघ मुख्य प्रायोजकमा रहेको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग