पोखरा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले जति काम गर्न सक्यो त्यो नै प्रदेश संरचनामाथि उठेका प्रश्नको जवाफ हुने बताउनुभएको छ ।
‘सरकार, मन्त्रालय र मातहतका सबै कार्यालयले कामबाट प्रदेशमाथि उठेका, उठाइएका प्रश्नको जवाफ दिनुपर्छ’ भौतिक पूर्वाधार बिकास तथा यातायात व्यवस्था मन्त्रालयले सोमवार आयोजना गरेको समीक्षा कार्यक्रममा उहाँले भन्नुभयो, ‘प्रदेशको धेरै बजेट पूर्वाधारको क्षेत्रमा रहेकाले यस मन्त्रालय र मातहतका कार्यालय बढी जिम्मेवार छ ।’ काम छिटो गर्न र क्वालिटीमा पनि ध्यान दिन कार्यालय प्रमुखहरुलाई उहाँको सुझवा थियो ।
चालु वर्ष कुल बजेटको ३८ प्रतिशत भौतिक पूर्वाधार बिकास अन्र्तगत बिनियोजन भएको छ । प्रदेश स्थापनाको यो अवधी सम्म ७५ अर्व रुपैयाँ भौतिक पूर्वाधारको क्षेत्रमा खर्च भएको र यसबाट छ सय ९६ किलोमिटर सडक ग्राबेल, नौ सय एक किलोमिटर ब्ल्याक टप कालोपत्रे, एक सय तीनवटा पूल निर्माण भएको छ । ‘प्रदेश सरकारले गरेको कामबाट नागरिकले सहज सेवा पाएका छन्’ मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘प्रदेश स्थापनापछि बिकासको गति बढेको छ ।’
संघ सरकारबाट प्राप्त हुनपर्ने अनुदान घट्दा काम भएका योजनामा बजेट अभाव रहेको उहाँले बताउनुभयो । गत वर्ष संघ सरकारले करिब २ अर्व अनुदान नपठाएको बताउँदै मुख्यमन्त्री पाण्डेले भन्नुभयो ‘गत वर्ष अनुदान नआउँदा अहिले पनि हामीलाई करिब ३ अर्वको दायित्व छ ।’ योजना छनौट भएर कार्यन्वयनमा गएपछि बजेट काटिँदा प्रदेश सरकारको दायित्व बढेको उहाँले बताउनुभयो ।
पूर्वाधार बिकास तर्फ पहिलो चौमासिकमा १० प्रतिशत प्रगति भएको छ । गत वर्षको यो अवधीमा करिब ७ प्रतिशत प्रगति थियो । ‘यो प्रक्रियागत चरण हो, ठेक्का लगाउने समय हो, दोस्रो, तेस्रो चौमासिकमा प्रगति बढ्ने नै छ’ मुख्यमन्त्री पाण्डेले मातहतका कार्यालय प्रमुखहरुलाई निर्देशन दिँदै भन्नुभयो ‘यस वर्षको अन्त्यसम्म ८० प्रतिशत भन्दाबढि प्रगति गर्ने गरी काम गर्नुहोला ।’
बिगतमा भन्दा ‘क्रोनिक’ योजना कम भएको बताउँदै उहाँले सम्पन्न हुने योजनामा बजेट अभाव हुन नदिन सरकारको प्रयास रहने बताउनुभयो । कुनै ऐन कानुनका कारण काम गर्न समस्या भएमा आउँदो हिउँदे अधिवेशनमा पेश गर्न प्रदेशका सबै मन्त्रालयलाइ उहाँले निर्देशन दिनुभयो ।
पूर्वाधार बिकास कार्यालयका प्रमुखहरुले प्राविधिक जनशक्तिको अभावमा बिकास योजनाले गति लिन नसकेको बताएपछि मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले प्राविधिक कर्मचारी नियुक्त गर्ने बाटो खुल्ला गरेको बताउनुभयो । ‘प्राविधिक जनशक्ति नियुक्त गर्ने कानुनी बाटो सरकारले खुल्ला गरेको छ’ उहाँले भन्नुभयो ‘छिट्टै यो समस्या समाधान हुनेछ।’
पूर्वाधार बिकास अन्र्तगत उपलब्धी नदेखिने साना टुक्रे योजना हटाएको प्रदेश सरकारलाई संघ सरकारले ५÷१० लाखको योजना पठाएको बताउँदै मुख्यमन्त्री पाण्डेले त्यस्ता योजना कार्यान्वयन गर्न नसकिने बताउनुभयो । ‘यी टुक्रे योजनाको बजेट एकमुष्ट कुनै योजनामा बिनियोजन भयो भने खर्च गर्न सकिन्छ, अन्यथा सकिन्न’ उहाँले भन्नुभयो ।
Related News
सम्बन्धित समाचार
पोखरामा अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइयो
सय दिने अभियानको तयारीमा कास्की काँग्रेस
१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर
२० औं लेखनाथ महोत्सव पुस दोस्रो साता
गण्डकी प्रदेशको पहिलो शुक्लागण्डकी कोटिहोम सुरु
Archives
Archives