१३ औं संस्करणको पोखरा महोत्सवको मुख्य प्रायोजकमा बेटर

राष्ट्र न्यूज सम्वाददाता
मंसिर १७, २०८१
13th pokhara mahotsaasv main sponcer beter

पोखरा । रबि एण्ड सन्नी इन्डष्ट्रीज प्रा.लि.को उत्पादन बेटरले १३ औं संस्करणको पोखरा महोत्सवमा मुख्य प्रायोजकको भूमिकामा रहेर साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोनजामा आगामी पुसको २५ देखि माघको ७ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने १३ औं संस्करणकोे पोखरा महोत्सवलाई बेटरले मुख्य प्रायोजकको रुपमा रहेर साथ दिने भएको हो ।
पोखराको नयाँबजारमा कर्पोरेट अफिस रहेको रबि एण्ड सन्नी इन्डष्टीज प्रा.लि.का डाइरेक्टर सन्नी रौनियार र महोत्सव आयोजक युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले महोत्सवको मुख्य प्रायोजकको सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दै रवि एण्ड सन्नी इन्डष्ट्रीजका डाइरेक्टर सन्नी रौनियारले पोखरामा रही नेपालभर सामाजिक काममा अगाडि बढिरहेको युनाईटेड क्लबले आयोजना गर्ने पोखरा महोत्सवमा तेश्रो पटक मुख्य प्रायोजकको रुपमा रहेर सहकार्य गर्न पाउदा खुसी लागेको बताउनुभयो ।
यसअघि दुई पटक सम्म पोखरा महोत्सवको मुख्य प्रायोजकमा रही सहकार्य गर्दै आइरहदा १३ औं संस्करणको पोखरा महोत्सवमा समेत सहकार्य गर्न पाउदा आफुहरु निकै गौरवान्वित भएको रौनियारको भनाइ थियो ।
पोखरा नयाँबजारमा रहेको कर्पोरेट अफिसबाट रवि एण्ड सन्नी इन्डष्ट्रीजले उत्पादन गर्ने बेटर ब्राण्डको इलेक्ट्रिक सामानहरु हिटर, ओभन, पंखा, राइसकुकर, ,प्रेसर कुकर, गिजर इलेक्ट्रोनिक र किचनका सामग्रीहरु बिक्री गर्दै आइरहेको र ग्राहकको रोजाइमा पर्दै आइरहेको छ ।
युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले १३ औं संस्करणको पोखरा महोत्सवमा रवि एण्ड सन्नी इन्डष्ट्रीज संग सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै सहयोगी मनहरुकै कारण पोखरा महोत्सव स्थापित भएको र महोत्सवकै आम्दानीबाट युनाईटेड क्लबले सामाजिक कामलाई अगाडि बढाएको बताउनुभयो ।
महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासमा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवर्द्धनका लागि खुल्ला चिडियाखाना निर्माणमा पहलकदमी, सेती नदी संरक्षण र विपद् ब्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको छ ।
१३ औं संस्करणदेखि युनाईटेड क्लबले आफ्नो परियोजनामा युनाईटेड छात्राबासलाई अगाडि सारेको छ । उक्त परियोजना अन्तर्गत हालै मात्र पोखरा २७ अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा हालै मात्र युनाइटेड आवासिय छात्राबासको सिलान्यास सम्पन्न गरी निर्माण कार्य अगाडी बढाइएको छ । उक्त छात्राबास मार्फत गरिब विद्यार्थीलाई आवासिय सुविधा सहितको शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको छ ।
युनाईटेड क्लवको पहलकदमीमा पोखरा महानगरपालिका वडा नम्बर ३०, ३१ र ३२ मा हाल चिडियाखाना निर्माणाधिन अवस्थामा रहेको छ भने, त्यसको पूर्ण स्वामित्व गण्डकी प्रदेशले लिइ जिल्ला डिभिजन वन कार्यालय कास्की र चिडियाखाना निर्माण समितिमार्फत निर्माण कार्य अगाडि बढिरहेको छ ।
सो अवसरमा युनाइटेड क्लबका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, युनाईटेड क्लबका वरिष्ठ उपाध्यक्ष गणेश तिमिल्सिना, युनाइटेड क्लबका कोषाध्यक्ष जयराम आचार्य लगायतको सहभागीता रहेको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Trending

ट्रेन्डिङ्ग