पोखरा । नेशनल प्याव्सन कास्कीको आयोजना गरेको १४ औ एन प्याव्सन खेलकुद महोत्सव समापन आज हुदै छ ।
‘एनप्याब्सन कास्कीको इच्छा ः विद्यालयतहमा खेलकुद सहितको शिक्षा’ भन्ने मूल नाराका साथ शुरु भएको खेलकुद महोत्सवको शुक्रबार समापन हुने अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिनुभयो । समापन कार्यक्रममा विजते विद्यार्थी तथा विद्यालयलाई पुरस्कारका प्रदान गरिने कार्यक्रम रहेको छ । समापन कार्यक्रमको प्रमुख अतिथी गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले रहनुहुने अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।
१०० मि. छात्र जुनियर तर्फ कास्की मोडनाइज्ड एकेडेमीका युनिश घले प्रथम, अक्सफोर्ड स्कुलका युवराज गुरुङ द्धितीय र एल पि देवकोटा मेमोरियलका मिलन थापा तृतीय भए । १०० मि. छात्रा जुनियर तर्फ चिल्ड्रेन्स एकेडेमीकी समिक्षा थापा प्रथम, हेम्जा वोर्डिङ स्कुलकी पुर्निमा कुँवर द्धितीय र कास्की मोडनाइज्ड एकेडेमीकी निरुशा गुरुङ तृतीय भए ।
१०० मि. छात्र सिनियर तर्फ कास्की मोडनाइज्डका श्रवण गुरुङ प्रथम, सिद्धिविनायक वोर्डिङ स्कुलका दिप्सन घर्ती द्धितीय र लिटिल फ्लावर एजुकेशनल एकेडेमीका विवश विक तृतीय भए। १०० मि. छात्रा सिनियर तर्फ त्रिवेणी पब्लिककी एञ्जेल अधिकारी प्रथम, हेम्जा वोर्डिङ स्कुलकी विपना परियार द्धितीय र कास्की मोडनाइज्डकी शिक्षा खड्का तृतीय भए ।
त्यसैगरी ४०० मि. छात्र जुनियर तर्फ हेम्जा वोर्डिङ स्कुलका सुमित विक प्रथम, सिद्धार्थ लवडेलका सन्तोष गुरुङ द्धितीय, फेवा वोर्डिङ स्कुलका सकरित परियार तृतीय भए ।
४०० मि.छात्रा जुनियर तर्फ चिल्ड्रेन एकेडेमीकी आयुषा ठकुरी प्रथम, हेम्जा वोर्डिङ स्कुलकी अपेक्षा केसी द्धितीय र नेशनल क्रियशन एकेडेमीकी श्रीया थापा तृतीय भइन् ।
४०० मि.छात्र सिनियर तर्फ हेम्जा वोर्डिङ स्कुलका दिपेन सुनार प्रथम, अक्सफोर्ड स्कुलका मोहम्मद अराध द्धितीय र होली माउण्ट इंडलिस सेकेण्डरी स्कुलका उमेश पुर्जा तृतीय भए । ४०० मि.छात्रा सिनियर तर्फ कास्की मोडनाइज्ड एकेडेमीकी सितल भण्डारी प्रथम, चिल्ड्रेन्स एकेडेमीकी नजमिन खातुन द्धितीय र लिटिल फ्लावर एजुकेशनल एकेडेमीकी जसमिन श्रेष्ठ तृतीय भए ।
८०० मि. छात्र सिनियर तर्फ न्यू लेखनाथ पब्लिक एकेडेमीका सुरज विक प्रथम, होलि माउण्ट इंगलिस सेकेण्डरीका विन्यामिन डाँगी द्धितीय र हेम्जा वोर्डिङ स्कुलका दिपेन सुनार तृतीय भए।
हाइजम्प छात्र सिनियर तर्फ कास्की मोडनाइज्ड एकेडेमीका सुवास गुरुङ प्रथम तथा लिभेन लाभिन रेसिडेन्सियल स्कुलका समिप राज आचार्य र एल पि देवकोटाका विश्वास सुनार द्धितीय भए । हाइजम्प छात्रा सिनियर तर्फ हेम्जा वोर्डिङ हेम्जा वोर्डिङ स्कुलकी जेनिशा भण्डारी प्रथम, लाभिन रेसिडेन्सियल स्कुलकी स्पन्दन पौडेल द्धितीय र मोर्निङ ग्लोरीकी विपशा विक तृतीय भए ।
लङजम्प छात्रा जुनियर तर्फ लिटल फ्लावर एजुकेशनल एकेडेमीकी सुप्रिया कुमाल प्रथम, डायमण्ड मोडेल स्कुलकी नम्रता तिवारी द्धितीय तथा अक्सफोर्ड स्कुलकी रिदिसा सुनार र युनिभर्स इंगलिस वोर्डिङ स्कुलकी परी केसी तृतीय भए ।
लङजम्प छात्र जुनियर तर्फ नेशल क्रियशन एकेडेमी मसुम अन्सारी प्रथम, ओम एकेडेमीका अरुण परियार द्धितीय र अक्सफोर्ड स्कुलका युवराज गुरुङ तृतीय भएको एथलेटिक्स संयोजक केशवशरण पौडेले जानकारी दिनुभयो ।
त्यसैगरी टेबलटेनिस तर्फ छात्रा जुनियर तर्फ फेवा बोर्डिङ स्कुल प्रथम, नेशनल क्रियशन एकेडेमी द्धितीय तथा अल्फा वोर्डिङ स्कुल र गोर्खा इंगलिस वोर्डिङ स्कुल तृतीय भएका छन् । त्यसैगरी छात्र जुनयिर तर्फ गण्डकी एकेडेमी कास्की प्रथम, सिद्धिविनायक वोर्डिङ स्कुल द्धितीय तथा वड्स एकेडेमी र साइनिङ स्टार तृतीय भएको टेबलटेनिस संयोजक शिवराज पौडेलले जानकारी दिनुभयो ।
बिहीबार भएको छात्रा भलिबल तर्फ नेशनल क्रियशन प्रथम, युनिभर्स द्धितीय तथा सिद्धार्थ लवडेल र त्रिवेणी पब्लिक तृतीय भएका छन् ।
ह्याण्डबल तर्फ छात्रा तर्फ ज्ञानज्योति विद्याकुञ्ज मावि प्रथम, कान्तिपुर एकेडेमी द्धितीय तथा त्रिवेणी पब्लिक र अक्सफोर्ड स्कुल तृतीय भएका छन् भने छात्र तर्फ सिद्धार्थलवडेल प्रथम, अञ्जुली वोर्डिङ स्कुल द्धितीय तथा सिद्धिविनायक बोर्डिङ स्कुल र न्यू ग्यालेक्सी तृतीय भएको ह्याण्डबल संयोजक अर्जुनप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
यसैगरी व्याडमिन्टन सिनियर छात्र डबल तर्फ कास्की मोडनाइज्डका रोहित श्रीसमगर र ओजन भण्डारी प्रथम, सिद्धिविनायक बोर्डिङ स्कुल अर्विन विश्वकर्मा र दिप्सन घर्ती क्षेत्री द्धितीय तथा न्यू ग्यालेक्सीका दिपेश भण्डारी र प्रतिक मगर, अल्फा एकेडेमीका विवान विके र रोहन घर्ती तृतीय भए ।
छात्रा सिनयर डवल तर्फ कास्की मोडनाइज्ड एकेडेमीकी खुशी दाहाल र एञ्जीला गुरुङ प्रथम त्रिवेणी पब्लिककी विविशा लामिछाने र अंकिता भुर्तेल द्धितीय तथा सिद्धिविनायक वोर्डिङ स्कुलकी सन्ध्या शर्मा र करुणा पुर्जा, लिटिल फ्लावर एजुकेशनल एकेडेमीका सायीसा गुरुङ र मोनालिशा गुरुङ तृतीय भए ।
जुनियर छात्र तर्फ फेवा वोर्डिङका आयुष नेपाल प्रथम, पुष्पसदन एकेडेमीका रचित तामाङ द्धितीय तथा ज्ञानज्योति वोर्डिङ स्कुलका सफल खत्री र गोर्खा इंगलिस वोर्डिङ स्कुलका आरभ थापा तृतीय भए ।
जुनियर छात्रा तर्फ कास्की मोडनाइज्ड एकेडेमीकी खुशी दाहाल प्रथम, श्रीरत्न ज्योति वोर्डिङ स्कुलका मनिता छन्त्याल द्धितीय तथा त्रिवेणी पब्लिकका युजिना गुरुङ र अञ्जुली बोर्डिङ स्कुलकी सायरुन आले तृतीय भएको व्याडमिन्टन संयोजक ज्ञानेन्द्र बहादुर थापाले जानकारी दिनुभयो ।
यस्तै बिहीबार नै भएको छात्र फुटबल तर्फको पहिलो सेमिफाइनल खेलमा गण्डकी एकेडेमी फाइनलमा प्रवेश गरेको छ । एल पि देवकोटा मेमोरियल वोर्डिङ स्कुललाई ट्राइवेकरमा ५–४ ले पराजित गर्दै गण्डकी फाइनलमा प्रवेश गरेको हो ।
यता दोस्रो सेमिफाइनल खेलमा कास्की मोडनाइज्ड एकेडेमी फाइनलमा प्रवेश गरेको छ । त्रिवेणी पब्लिकलाई ३–० ले पराजित गर्दै कास्की फाइनलमा प्रवेश गरेको छात्र फुटबल संयोजक अर्जुनप्रसाद पाण्डेले जानकारी दिनुभयो । शुक्रबार कास्की मोडनाइज्ड एकेडेमी र गण्डकी एकेडेमीबीच फाइनल खेल हुनेछ ।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सामी परियोजना अन्तर्गत आप्रवासी स्रोत उपकेन्द्र स्थापना
सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा
लेखनाथ महोत्सवका लागि ७५ प्रतिशत स्टल बुकिङ
१३ बुँदे घोषणा पत्र जारी गर्दै उद्योग तथा वाणिज्य विवाद समाधान सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सकियो
मिस तामाङ पोखरा माघमा हुने
Archives
Archives