कास्कीमा काँग्रेसको सय दिने विशेष अभियान तिव्र

राष्ट्र न्यूज सम्वाददाता
पौष १०, २०८१
nc flag

पोखरा, १० पुस । नेपाली काँग्रेस कास्कीले कास्कीमा पार्टीको एक सय दिने विशेष अभियान तिव्र पारेको छ ।

अभियान अन्तर्गत क्षेत्र, पालिका र वडास्तरमा कार्यक्रम तिव्र गतिमा संचालन भैरहेको कास्की काँग्रेसका सहसचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । हरेक दिन जसो कुनै न कुनै कार्यक्रम भैरहेको छ प्रवक्ता सिग्देलले भन्नुभयो, अभियानलाई व्यवस्थित र प्रभावकारी बनाउन निकै मेहनत गरेका छौं ।

कास्की क्षेत्र नं १ मा पुस ७, कास्की क्षेत्र नं ३ मा पुृस ९ गते क्षेत्रीयस्तरका कार्यक्रम भएका छन् । क्षेत्र नं २ मा कार्यक्रमको मिति पछि तय हुनेछ ।  पुस १० देखि भने पालिकास्तरमा कार्यक्रम शुरु भएको छ । माछापूच्छे गाउँपालिकामा पुस १० गते, अन्नपूर्ण गाउँपालिकामा पुस १३ गते, मादी गाउँपालिकामा पुस १८ गते र रुपा गाउँपालिकामा पुस २० गतेका लागि कार्यक्रम तय भएको छ ।

कास्की काँग्रेसले कास्कीका ७२ वटा इकाइमा संयोजक सहित प्रतिनिधि खटाइ सकेको छ । वडामा पुगेका प्रतिनिधिहरुले विभिन्न १० वटा बुँदामा छलफल गरी पार्टीलाई प्रतिवेदन बुझाउनुपर्ने छ ।

जनतासँग नजिक हुने, समस्या बुझ्ने, समस्या समाधानका लागि पहल गर्ने र पार्टीलाई शशक्त बनाउनका लागि अभियान अत्यन्त प्रभावकारी बनेको नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालको भनाइ छ ।

अभियानका लागि केन्द्रीय प्रतिनिधिका रुपमा केन्द्रीय सदस्य गोविन्द भट्टराई कास्की आउनु भएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives