पोखरा । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीयउत्पादनविकास र सम्मृद्धि’ भन्ने नाराकासाथ शुरु भएको २० औं संस्करणको लेखनाथ महोत्सवमा राखिएको बुद्धको प्रतिमा दर्शकहरुको आर्कषणको केन्द्र बनेको छ ।
हरेक संस्करणमा केही न केही नयाँ प्रयोगको माध्यमबाट दर्शकहरुको ध्यानतान्न सफल महोत्सवले यसपटक भने विश्व शान्तिको कामनाका साथ महोत्सव परिसरमा भगवान गौतम बुद्धको आर्कषक प्रतिमा स्थापना गरेको हो ।
महोत्सवमा स्थापना गरिएको उक्त प्रतिमाले बालबालिका देखि वृद्ध वृद्धाहरुसम्मको ध्यानखिच्न सफल भएको छ । प्रतिमामा सँगै फोटो खिचाउनेदेखि टिकटिक बनाउनेसम्मको भिड लाग्ने गरेको छ । उक्त प्रतिमाका परिकल्पनाकार विश्वगोपाल श्रेष्ठ भन्छन– ‘बुद्धको प्रतिमाले महोत्सवम ादर्शकहरुको ध्यानतान्न त सफलभएको छ नै त्यसबाहेक धार्मिक सहिष्णुता र विश्वशान्तिको सन्देश पनि प्रवाह गर्न सफलभएको छ ।’
झण्डै ३ लाख ५० हजार रुपैयाँको लागतमा स्वदेशमा नैनिर्माण भएको उक्त प्रतिमा महोत्सव पश्चात लेखनाथमै उपयुक्त ठाउँको खोजी गरेर स्थापना गरिने आयोजकले जानकारी दिएको छ। यसले लेखनाथ क्षेत्रको धर्मिक पर्यटन प्रर्वद्धनमा समेत टेवापुग्ने आयोजकको दावी छ ।
बिहिबारबाट शुरु भएको महोत्सवको दोश्रो दिन शुक्रबार १० हजार दर्शकहरुले अवलोकन गरेका छन भने र ३० लाख बराबरको कारोबार भएको महासचिवएवं महोत्सव प्रचार प्रसार समितिकी संयोजक जानुका पराजुली अधिकारीले जानकारी दिईन ।
महोत्सवमा शुक्रबार लोकदोहोरी कलाकारहरु रामजी खाँण, सरस्वती लामिछाने, मधु रसाईली, कृष्ण सुवेदी, सविना गुरुङ, केशव देवकोटा, शिवहरी ढुंगाना, उमादेवीखनाल, रमागौतमले प्रस्तुति दिएका थिएभने बेलुकालाईभ कन्सर्टमा प्रकाश दुतराज र सञ्जिव सिंह रानाले स्टेज तताएका थिए ।
शनिबार लोकदोहोरी तर्फ बालचन्द्र बराल, शान्ती श्री परियार, ध्रुव जिसी, तुलसा जिसी, नेत्र खड्का, सरिता लगायतले प्रस्तुति दिनेछन भने हाँस्यव्यङ्ग्यतर्फ पवन खतिवडा ‘म्याकुरी’को प्रस्तुती रहनेछ । यस्तै बेलुकापखहुने लाईभ कन्सर्टमा रचना रिमाल र सुनिल गिरीको प्रस्तुती रहने कलाकार व्यवस्थापन समितिका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिए ।
शुक्रबार महिला÷आमा समुहका विच भएको हाजिरी जवाफ प्रतियोगितामा सरस्वती सामुदायिक महिला समूह सेमिफाईनल चरणमा प्रवेश गरेको छ भने विद्यालय स्तरीय नृत्यतर्फ ३ वटा विद्यालयले प्रस्तुति राखेका छन ।
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा हुने महोत्सवको सह–आयोजकमा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश रहेका छन भने प्रवद्र्धकमा पोखरा महानगरपालिका र नेपाल पर्यटन वोर्ड रहेका छन ।
Related News
सम्बन्धित समाचार
लेखनाथ महोत्सवमा घन्कियो रत्यौली
माघ ४ देखि नागीधार महोत्सव
लेखनाथ महोत्सवमा आमा समूहबीच हाजिरी जवाफ
हेमजाको तिब्रेकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा
पोखरामा कक्षा ८ को परीक्षालाई व्यवस्थित गर्न परीक्षा केन्द्रहरू तोकिने, होम सेन्टरको प्रावधान हटाइयो
Archives
Archives