अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर लोक दोहोरी गायक विजय केसीले नयाँ लोक गीत ‘दायाँ पनि छौं बायाँपनि छौ’ सार्वजनिक गरेका छन् ।
आफ्नै यूट्यूव च्यानल विजय केसी अफिसियल मार्फत सार्वजनिक गीतले दर्शक श्रोताको राम्रो साथ पाइरहेको छ । रमेश परियारको शब्द, लय रहेको गीतमा गायक केसीलाई शान्ति श्री परियारले आवाजमा साथ दिएकी छन् ।
प्रेमिल जोडीले आफ्ना प्रेमी–प्रेमिकासँग गर्ने वार्तालापलाई निकै रोमाञ्चक शैलीमा तयार पारिएको गीतमा करिश्मा ढकाल र प्रभात पल ठकुरीको अभिनय रहेको छ । म्यूजिक भिडियोलाई विशाल घिमिरेले निर्देशन गरेका हुन् ।
स्यामस्वेत रसाईलीको संगित संयोजन रहेको गीतलाई टिकटकमा समेत निकै रुचाईएको छ । अष्ट्रेलियालाई कर्मथलो बनाइरहेका गायक केसीका यसअघिपनि थुप्रै चर्चित लोक गीहरु सार्वजनिक भइसकेका छन् ।
Related News
सम्बन्धित समाचार
पोखरा–२५ वडा कार्यालय हेमजाले फागुन ९ गते बाल नृत्य प्रतियोगिता गर्ने
हेमजामा फागुन ११ गते प्रथम मौरी महोत्सव हुने
माछापुच्छ्रे गाउँपालिका सिधिङमा गायिका समिक्षालाई सम्मान
राजस्थानी नृत्यमा झुमे पोखरेली
‘गण्डकीका धुनहरू’ कार्यक्रमको तयारी पुरा, ४० कलाकारले प्रस्तुति राख्ने