शिक्षाविद् डा. कायस्थकोे शालिक निर्माण

राष्ट्र न्यूज सम्वाददाता
पौष २७, २०८१
dr. radheshyam kayastha

पोखरा । शिक्षाविद् डा. राधेश्याम कायस्थको शालिक निर्माण गरिएको छ। तत्कालिन पृथ्वीनारायण क्याम्पसका सहकायक क्याम्पस प्रमुख तथा न्यू ग्यालेक्सी माविका संस्थापक प्रिन्सिपल समेत रहेका कायस्थको विद्यालय परिसरमा शालिकको निर्माण गरिएको हो।

शालिक शनिबार एक कार्यक्रमका बीच शिक्षाविद् जर्ज जोनले अनावरण गरे । स्व. कायस्थको स्मरणमा विद्यालय परिसरमा शालिक निर्माण गरिएको हो ।
वि.स. १९९९ कात्तिक ३ गते पचभैयामा जन्मिएका कायस्थाको २०७७ पुस २७ गते स्वर्गारोहण भएको थियो । करिव १० लाखको लागतमा शालिक निर्माण गरिएको विद्यालयका संस्थापक निर्देशक राजु कायस्थले जानकारी दिए ।

लामो समय शिक्षा क्षेत्रमा अतुलनिय योगदान पु¥याएका कायस्थलाई शालिक अनवरणमा सवैले स्मरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिक्षाविद् जर्ज जोनले स्व.कायस्थलाई शिक्षाको नक्षत्रको रुपमा स्मरण गरे । ‘उहाँसँग महिले करिव ६४ वर्ष सम्म काम गर्ने अवर मिल्यो, उहाँको शिक्षा प्रतिको लगावले मलाई निकै नै प्रभावित पाथ्र्यो’ शिक्षाविद् जोनले भने,‘उहाँलाई समकक्षीले मात्रै होइन विद्यार्थीले पनि औधी रुचाउथे ।’ स्व.कायस्थले देखाएको बाटोलाई हामिले अविलम्वन गर्न सकेमा मात्र उहाँ प्रति सच्च श्रद्धाञ्जली हुने उनको भनाई थियो ।

समकक्षी प्रो.डा.उत्तम कृष्ण कर्मचार्यले उहाँको योगदानलाई नेपालमा मात्रै होइन अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गरिनु पर्ने बताए । ‘हामी सँगै त्रिचन्द्र कलेजमा पढ्ने अवसर जुरेको थियो । उहाँको संगत मलाई अहिले पनि प्रेरणा वनेको छ’ कर्मचार्यले भने, ‘उहाँको योगदनका विषयमा हामी सवैले आ–आफ्नो तर्फबाट चर्चा गरि नयाँ पुस्तालाई सिकाइको विषय बनाउनु पर्दछ ।’

हिसानका केन्द्रीय उपाध्यक्ष तथा स्व. कायस्थका विद्यार्थी वावुराम पन्तले नेपाल सरकारले नसकेका काम प्राइभेट सेक्टरले परिपुरकमा रुपमा रहेर आम नागरिकलाई सेवा दिनुपर्छ भन्ने उहाँको भनाई अहिले आएर पुष्टि भएको उल्लेख गरे । एन प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले स्व. कायस्थ शैक्षिक क्षेत्रको धरोहरको रुपमा रहेको उल्लेख गर्नुभयो ।

कायस्थ सर पुस्तकका लेखक रवीन्द्र माकाजूले उहाँका तर्कसंगत र विज्ञानसम्मत प्रवचनले आधुनिक वैज्ञानिक पण्डित भन्ने गरेको बताए । कार्यक्रममा पोखरा महानगर पालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाशमान उदास, डा.वसन्त कुमार ताम्राकार, पृथ्वीनारायण क्याम्पसका सह प्रध्यापक मिनराज लम्साल, शिवशक्ति क्याम्पस सञ्चालक समितिका अध्यक्ष टुवराज बास्तोलाले बोलेका थिए । कार्यक्रममा स्व.डा.राधेश्याम कायस्थकी नातिनी आरोही कायस्थले कविता वाचन गरेकी थिइन्।

न्यू ग्यालेक्सी माविकी संस्थापक लक्ष्मीमाया कायस्थको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सिपल डा. रामजी शर्माल स्वागत तथा विद्यालयका सहायक प्रिन्सिपल राजेश भण्डारी र विद्यार्थी संयोजक धनप्रसाद श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

Archives

Archives