पोखरा । नेशनल प्याव्सन कास्कीले २६ औं स्थापन दिवस विविध कार्यक्रको आयोजना गरि मनाएको छ । स्थापना दिवसको अवसर पारेर एन प्याव्सन कास्कीमा आवद्ध मध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । एन प्याव्सन कास्कीका आवद्ध विद्यालयमा १५ वर्ष सम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई दीर्घ सेवा पदक बाट सम्मान गरिएको हो।
कार्यक्रमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीको रुपमा खेलकुद क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै भूतपूर्व खेलाडी मञ्च कास्कीका संस्थापक अध्यक्ष तथा पूर्व खेलाडी खड्गबहादुर रानाभाटलाई सम्मान गरिएको थियो ।
रानाभाटलाई नेशनल प्याव्सन कास्की खेलकुद सेवा सम्मान २०८१ बाट नगद २५ हजार सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रममा एन प्याव्सन कास्कीका पूर्व परीक्षा संयोजक सञ्जय पौडेललाई सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
स्थापना दिवसकै अवसर पारेर २०६१÷०६२ सालमा स्थापना भएका एन प्याव्सनमा आवद्ध विद्यालयलाई विद्यालय सम्मानबाट सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुने विद्यालयहरुमा गण्डकी एकेडेमी कास्की, ओयसिस सेकेण्डरी स्कुल, बड्स एकेडेमी, बागमारा एकेडेमी र न्यू लेखनाथ पब्लिक एकेडेमी रहेका छन् ।
यसैगरी २०८० सालको एस.ई.ई. मा सत प्रतिशत विद्यार्थी उत्र्तीण गराउन सफल विद्यालयहरुलाई सम्मान गरिएको थियो ।
यसरी सम्मानित हुने विद्यालयहरुमा अल्फा एकेडेमी, बाल प्रतिभा वोर्डिङ स्कुल, हिलसाइड इङ्लिस सेकेण्डरी स्कुल, होली माउण्ट इङ्लिस स्कुल, कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, लेखनाथ मोमोरियल इङ्लिस वोर्डिङ स्कुल, मर्निङ्ग ग्लोरी एकेडेमिक स्कुल, पुष्पसदन एकेडेमी कास्की, पायोनियर इङ्लिस एकेडेमी रहेका छन् ।
यसैगरी २०८० सालको एस.एल.सी परीक्षामा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याइ उत्र्तीण हुने छात्र तर्फ न्यू ग्यालेक्सी माविका अभिनित प्रधान र छात्रा तर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी आकृती पन्तलाई सम्मान गरिएको थियो ।
त्यस्तै २०८० सालको एस.ई.ई. परीक्षमा एन प्याव्सनमा आवद्ध विद्यालयबाट उत्कृष्ट अंक ल्याइ उत्र्तीण हुने छात्र तर्फ कास्की मोडर्नाइज्ड एकेडेमीका गौरव सापकोटा तथा छात्रा तर्फ कास्की मोडर्नाइज्ड एकेडेमीकी अलिसा श्रेष्ठ र बड्स एकेडेमीकी विमला पौडेलाई सम्मान गरिएको थियो । उनीहरुलाई नगद १० हजार सम्मान पत्र र दोसल्ला ओढाई सम्मान गरिएको हो । स्थापना दिवसकै अवसरमा प्रकाश गरिएको स्मारिकाको विमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा महानगर पालिकाका प्रमुख धनराज आचार्यले संस्थागत विद्यालयका समस्या समाधान गर्नका लागि महानगर सधै सहकार्य गर्न तयार रहेको बताए ।
कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक गोविन्दराज पोखरेल, शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्य, पोखरा महानगर पालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्य, नेशनल प्याव्सनका केन्द्रीय उपाध्यक्ष याम खड्का, सम्मानित व्यत्तित्व भूतपूव खेलाडी मञ्च कास्कीका अध्यक्ष खड्गबहादुर रानाभाट, नेशनल प्याव्सन गण्डकी प्रदेशका अध्यक्ष रामबहादुर मोची, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोख्रेल, सम्मानितको तर्फबाट लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलका कक्षा ११, १२ का संयोजक विष्णुहरि पौडेलले बोलेका थिए ।
नेशनल प्याव्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकाजी गुरुङले स्वागत र सचिव प्रेमराज अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए । नेशनल प्याव्सन कास्कीमा ४९ विद्यालय आवद्ध रहेका छन् ।
दीर्घ सेवा पदक बाट सम्मानित शिक्षक कर्मचारीको नामवली
स्थापना दिवसको अवसर पारेर एन प्याव्सन कास्कीमा आवद्ध मध्ये ३३ विद्यालयका १ सय ४५ जना शिक्षक, कर्मचारीलाई सम्मान गरेको छ । एन प्याव्सन कास्कीका आवद्ध विद्यालयमा १५ वर्ष सम्म निरन्तर काम गरेका शिक्षक, कर्मचारीलाई दीर्घ सेवा पदक बाट सम्मान गरिएको हो।
सम्मनित हुने विद्यालयका शिक्षक कर्मचारीको नामवाली यस प्रकार रहेको छ ।
अल्फा एकेडेमीका शिक्षक राजु सुनार, पार्वती पतानी, अनिता घिमिरे, कर्मचारी खिममाया भुजेल, अञ्जुली आवसीय माविका शिक्षक जितबहादुर खत्री, सुनिता मानन्धर, कर्मचारी कृष्णबहादुर मल्ल, रविन्द्र अधिकारी, पार्वती पुन, बागमारा एकेडेमिक गार्डेनका शिक्षक टुकराज भण्डारी, देवि आचार्य, कर्मचारी दिलबहादुर नेपाली, बाल प्रतिभा आवसिय माविका शिक्षक मिना थापा, संगीता अधिकारी थापा, विरेन्द्र मेमोरियल इङ्लिस बोर्डिङ स्कुल शिक्षक रुद्रप्रसाद अधिकारी, मञ्जु सुवेदी, वावुराम सुवेदी, युवराज पौडेल, सुष्मा शर्मा, कर्मचारी सन्तोष अधिकारी, तुलाराम पराजुली, बड्स एकेडेमीका शिक्षक विष्णुहरी देवकोटा रहेका छन्।
त्यसैगरी चिल्ड्रेन्स एकेडेमीका शिक्षक हिमाल गुरुङ, अञ्जु गुरुङ, डायमण्ड मोडल स्कुलका शिक्षक शुक्रराज भण्डारी, दुर्गा त्रिपाठी पौडेल, कर्मचारी राजेन्द्र पौडेल, विष्णुमाया खनाल, फेवा वोर्डिङ स्कुलका शिक्षक गणेश बहादुर थापा कर्मचारी जमुना थापा, गोर्खा इङ्लिस बोर्डिङ स्कुलका शिक्षक अञ्जली थापा, विनिता गुरुङ, दिपेन्द्र थापा, माया गुरुङ, पद्यमा गुरुङ, रुवी थापा ज्ञान ज्योति विद्याकुञ्जका शिक्षक टंकराज सुवेदी, नानुमाया शाहा, सरला केसी, विष्णुकुमारी खनाल कर्मचारी मंगल बहादुर दर्जी, हेम्जा वोर्डिङ स्कुलका शिक्षक स्थानेश्वर अधिकारी, शारदा अधिकारी पौडेल, देवु गौतम, नारायणी वस्नेत, विष्णु बहादुर कुँवर, हिल साइड इङ्लिस वोर्डिङ सेकेण्डरी स्कुलका शिक्षक मिनप्रसाद सुवेदी, मुना पराजुली रहेका छन्।
यसैगरी कान्तिपुर एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजीका शिक्षक भगवती मल्ल, शोभा न्यौपाने, कास्की मोडर्नाइज्ड एकेडेमीका शिक्षक शिवलाल उपाध्याय, प्रेमनाथ गौतम, निर्मला पहारी, चन्द्रा गुरुङ, सरस्वती गुरुङ, शिवु ढकाल, मिलन तिमिल्सीना, गीता नेपाली कर्मचारी सुरेस नेपाली, लिटल फ्लावर एजुकेशनल एकेडेमीका शिक्षक रामप्रसाद अधिकारी, विष्णुहरि पौडेल, हेमा पुन भुजेल कर्मचारी पञ्च गुरुङ, एल्. पी. देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका शिक्षक मदन कुमार मैनाली, रम्भा थापा, माया गिरी, सकुन्तला केसी कर्मचारी सिता मैनाली, मर्निङ ग्लोरी एकेडेमिक स्कुलका शिक्षक त्रिबिक्रम दाहाल, चन्द्रकला देवकोटा, शान्तिदेवि आचार्य, भगवती सापकोटा दाहाल, कर्मचारी काली बहादुर राना मगर रहेका छन्।
यसैगरी न्यू ग्यालेक्सी माविका शिक्षक राजेश भण्डारी, धनप्रसाद श्रेष्ठ, डण्डपाणी सुवेदी, पिताम्वर अर्याल, इन्द्रप्रसाद शर्मा भट्टराई, आशिक कायस्थ, आचल वजिमय, कर्मचारी विनोद श्रेष्ठ, मणिरत्न खनाल, ज्ञानु पराजुली, न्यू लेखनाथ पब्लिक एकेडेमीका शिक्षक सिता देवकोटा, अक्सफोर्ड स्कुलका शिक्षक घनश्याम आचार्य, विनोदराज आचार्य, रमाकान्त सिग्देल, कल्पना पराजुली बराल, खिमकुमारी गुरुङ, शान्ति गुरुङ, कान्ता बराल कर्मचारी सिता पौडेल, जानकी बास्तोला, शान्ति केसी, पिक एभरेष्ट बोर्डिङ स्कुलका शिक्षक हरिमाया दाहाल, पयोनियर इङ्लिस एकेडेमीका शिक्षक पूर्ण सिंह गुरुङ सावित्री थापा, गण्डकी एकेडेमी कास्कीका शिक्षक कृष्णकुमारी घिमिरे पौडेल, मोहनराज विक, सोम राज अधिकारी कर्मचारी वैशबहादुर गुरुङ, सुगमनिया चौधरी रहेका छन् ।
त्यसैगरी संगम बोर्डिङ स्कुलका शिक्षक देव अधिकारी, अनिता अधिकारी, अस्मिता अधिकारी, पुर्न कुमारी विक, शान्ति वाटिका इङ्लिस स्कुलका शिक्षक गणेशप्रसाद भण्डारी, रमेश न्यौपाने, पोषराज अधिकारी, विश्वराज पंगेनी, सरस्वती सेन, साइनिङ स्टार बोर्डिङ स्कुलका शिक्षक ललिता गुरुङ, जयराम लिगल, विन्दु पौडेल श्रीरत्न ज्योति माविका शिक्षक अनिता पराजुली अधिकारी, कमला अधिकारी बास्तोला, सिद्धार्थ लवडेल बोर्डिङका शिक्षक ध्रुवराज अधिकारी, चुनाकुमारी खड्का, लक्ष्मी कुमारी शर्मा ओझा, पुष्प कुमारी कार्की अधिकारी, सुजता तामाङ कर्मचारी दुर्गा कुमारी राई रहेका छन् ।
त्यसैगरी सिद्धिविनायक बोर्डिङ स्कुलका शिक्षक सुमित्रा आचार्य भट्टराई कर्मचारी सरस्वती भुजेल, सनराईज प्रिपराटोरी स्कुलका शिक्षक विष्णुप्रसाद गौतम, त्रिवेणी पब्लिक स्कुलका शिक्षक वलराज राई, मिरा भण्डारी, गोविन्द भण्डारी रामप्रसाद शर्मा, हरि भण्डारी, अनिल भण्डारी कर्मचारी वर्तमान गुरुङ, युनिभर्स इङ्लिस बोर्डिङ स्कुलका शिक्षक मञ्जु देवि तिमिल्सीना धमाल, लिला नाथ दाहाल, भावाना दाहाल, ठाकुरप्रसाद धमला, कमला देवि वाग्ले, विमा विक, राजेन्द्र प्रसाद वाग्ले कर्मचारी विक्रम शर्मा र राधा पोख्रेल शर्मा रहेका छन् ।
Related News
सम्बन्धित समाचार
सफलता उन्मुख लेखनाथ महोत्सव
पोखरा महोत्सवमा युनाईटेड छात्राबासका लागि सहयोग आउने क्रम शुरु
कास्कीको मादी गाँउपालिका नागीधार गाँउमा हुने नागीधार महोत्सवको तयारी तिब्र
१३ औं पोखरा महोत्सव शुरु
किनबेचको थलो बन्यो लेखनाथ महोत्सव
Archives
Archives