नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव

राष्ट्र न्यूज सम्वाददाता
पौष २९, २०८१
5447afc9-e685-4c6f-9a0a-823524502516

पोखरा । नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिका वडा नं. ८ नागीधार गाउँबाट पोखरा आएर स्थायी अस्थायी रुपमा बसोबास गर्दै आएका गुरुङ समुदायको छाता संस्था नेदा तमु सेवा समाज पोखराको बार्षिकोत्सव, चेलीबेटी भेटघाट तथा ल्होसार कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि बयोबृद्द आमा जम्दार हाबि गुरुङ र सिक्लेस निबासी नागीधारे ज्वाइँ समाजसेवी कोल प्रसाद गुरुङ्बाट संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

जम्दार हाबि गुरुङले सम्पूर्ण गाउँबासीहरु एक भएर यस्ता कार्यक्रमहरु गर्दा आफुलाई निकै खुशी लागेको बताइन् । सोहि अवसरमा उनले समाजलाई १५ हजार सहयोग समेत गरिन् भने समाजसेवी कोल प्रसाद गुरुङ र कमला गुरुङले ५० हजार ५ रुपैया सहयोग गरेका थिए ।

त्यस्तै समाजका सल्लाहकारहरु पूर्व प्रअ डम्बर जंग गुरुङ, मेजर डमर घले, राम बहादुर गुरुङ, सदस्यहरु यम बहादुर गुरुङ, ओम प्रकाश गुरुङ, चेलीबेटी प्रतिनिधि बत्तीमाया गुरुङ, ज्वाइँ प्रतिनिधि सुवेदार हरीप्रसाद गुरुङ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा समाजमा आवद्ध सदस्यहरुका सम्पूर्ण चेलीबेटी , छोरीज्वाइँहरु लाई निमन्त्रणा गरिएको थियो । कार्यक्रमकै अवसरमा सहभागिहरुका लागि भाग्यशाली चिठ्ठा समेत राखिएको थियो । जसमा चेली चोखोमाया गुरुङले प्रथम हुँदै नगद ३ हजार प्राप्त गरिन् ।

समाजका अध्यक्ष राजकुमार गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष तुलसी प्रसाद गुरुङले स्वागत र सचिव विमल गुरुङले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा आयोजक नेदा तमु सेवा समाज , नागीधार सिर्जनशील युवा क्लब, चेलीबेटी समूहबाट सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives