पोखरा । पोखरा महानगरपालिका वडा नं. २५, हेमजा महिला सञ्जाल र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाको संयुक्त आयोजना वडा स्तरीय महिला सिप विकास तथा क्षामता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।
पोखरा –२५ वडा कार्यालय हेमजाको आर्थिक सहयोगमा ४ दिन सम्म भएको उक्त हेमजाका महिलाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै पोखरा महनागरपालिका प्रवत्ता एवं वडा नं. २५ हेमजाका अध्यक्ष मोतिलाल तिम्सिनाले यस तालिममा जीवनोपयोगी शिक्षा प्रदान गरेको बताउँदै यो तालिमले पक्कै पनि यहाँका महिलाहरुलाई उद्यमशिलतामा आकर्षित गर्ने विश्वस व्यक्त गरे ।
कार्यक्रमा महानगर कार्यपालिका सदस्य एवं वडा न २५ सदस्य धन कुमारी पोख्रेल तिम्सिना, कृष्ण कुँवर, सुवाष भण्डारी, तारा विक, वडा कार्यालयका विभिन्न तहका कर्मचारीहरु तथा महिला सञ्जाल हेमजा र बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र हेमजाका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति रहेको थियो।
तालिमा सहभागिहरुलाई मासुको अचार, मेथिको अचार लगायत अन्य बिभिन्न अचारका परिकारहरु बनाउने तालिम दिइएको महिला सञ्जाल, कोषाध्यक्ष सोभा कोईराला त्रिपाठीले जानकारी दिइन् । तालिममा पोखरा–२५ हेमजाकी कमला क्षेष्ठले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा व्यक्तित्व विकासका लागि उद्धधोषण तालिम पनि दिइएको थियो । उक्त उद्धघोषण तालिमा प्रशिक्षकको रुपमा पत्रकार शुष्मा पौडेल र सञ्चारकर्मी भिम श्रेष्ठले सहजीकरण गरेका थिए ।
महिला सञ्जाल हेमजाकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष रिता पौडेले त्रिपाठी तथा बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्र सचिव गंगा त्रिपाठी र हेमजा महिला सञ्जालकी सचिव उभा भुर्तेल पौडेल कार्यक्रम सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महोत्सवमा ज्योति मगरको प्रस्तुतिमा झुमे दर्शक
नेदा तमु सेवा समाज पोखराको आठौं वार्षिकोत्सव
पोखरा ३३ को तल्लो पुडीमा काँग्रेसको अभियान
माघ ४ देखि नागीधार महोत्सव
१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ
Archives
Archives