पोखरा । प्रकृतिका साथीहरुको आयोजनामा विद्यालयमा लाटोकोसेरो सम्बन्धि चेतना शिविर कार्यक्रम सञ्चालन गरिएको छ । पोखरा महानगर पालिका वडा नं. २५ मा रहेका गौरी शंकर मावि र हेम्जा वोर्डिङ स्कुलमा विद्यार्थीलाई लाटोकोसेरो संरक्षण अभियान अन्तर्गत चेतना शिविर आयोजना गरिएको हो ।
चेतना शिविरमा गौरी शंकर र हेम्जा वोर्डिङका ४ सय विद्यार्थीको सहभागिता रहेको थियो । लाटोकोसेरो संरक्षण अभियानलाई तिव्रता दिनका लागि ति विद्यालयमा विद्यार्थीको सहभागितामा लाटोकोसेरो क्लब गठन गरिएको छ ।
हेम्जा वोर्डिङमा सलिन गौतमको सभापतित्वमा हेम्जा वोर्डिङ लाटोकोसेरो क्लब गठन गरिएको छ । उक्त समितिको उपसभापतिमा नितिशा गौतम, सचिवमा रश्विन थापा, सहसचिवमा अनुपा बानिया, कोषाध्यक्षमा आशिर्वाद सुवेदी रहेका छन् ।त्यसैगरी क्लबको सदस्यहरुमा समिर कुँवर, सागर गिरी, सुप्रान्त त्रिपाठी, रुविना कुँवर, रोजिना विक, गृष्मा कुँवर, मेनुका नेपाली, प्रिया तामाङ रहेका छन् ।
क्लबको संरक्षकमा विद्यालयका संस्थापक प्रिन्सिपल केशवशरण पौडेल, सल्लाहकार धिरेन घर्ती मगर, विष्णु कुँवर, प्रतिक्षा सुवेदी रहेका छन् । त्यसैगरी सञ्जीता सेन्चुरीको सभापतित्वमा गौरीशंकर लाटोकोसेरो क्लब गठन गरिएको छ । क्लबको उपसभापतिमा कुशल श्रेष्ठ, सचिवमा प्रतिक विक, सहचिवमा ललित श्रीपाली, कोषाध्यक्ष किशोर विक रहेका छन् ।
त्यसैगरी क्लबको सदस्यहरुमा आयुष दर्लामी मगर, ममता अधिकारी, मञ्जु विष्ट, श्रीया थापा मगर, सुविना तिमिल्सिना रहेका छन् । क्लबको संरक्षका विद्यालयका प्रध्यानाध्यापक अम्मर बहादुर कुँवर, सल्लाहकारमा रुद्र प्रसाद देवकोटा रहेका छन् । उक्त चेतना शिविरमा परियोजना अधिकृत संगम पौडेल, लाटोकोसेरो संरक्षण दुत सुदर्शन पराजुली, दिपा गुरुङ, संरक्षण अधिकृत अुन पौडेलले सहजिकरण गरेका थिए ।
यस अघि हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएका थियो । लाटोकोसेरो संरक्षणमा तीन दशक देखि लागि परेका प्रकृतिका साथीहरु नामक संस्थाका निर्देशक राजु आचार्यले सन् २०२४ मा ह्टिवली अवार्डबाट सम्मानित भएका थिए । सोहि ह्टिवली अवार्डबाट प्राप्त पुरस्कार गण्डकी प्रदेशका कास्की, स्याड्डजा लगायतका जिल्लामा लाटोकोसेरोको अवैध व्यापार, चोरिसिकार नियन्त्रणका लागि तालिम, जनचेतना मुलक कार्यक्रम र लाटोकोसेरोका लागि कृतिम गुँड निर्माण लगायतका कार्यक्रम गरिएको छ ।
यस अवधिमा १ सय वटा कृतिम गुँड राखिसकेको जसमा २० वटा हेमजा रहेको आचार्यले जानकारी दिए । जनचेतना मूलक कार्यक्रम अन्तर्गत बुढा रुखहरुको संरक्षण, गुलेली प्रयोग गरि चरा मार्न रोक, स्थानिय, विद्यार्थी, र समुदायकमा संरक्षण शिविर सञ्चालन गरिएको छ । केशवराज सापकोटा, बालकुमार गुरुङ, सुदर्शन पराजुली, आयुष ढुड्डाना, ज्योति शर्मा र दिपा गुरुङलाई संरक्षण दुत वनाइ एक वर्ष सम्म स्वयम्सेवकका रुपमा लाटोकोसेरोको अध्ययन तथा संरक्षणमा योगदान गर्ने जिम्मा दिइएको छ ।
लाटोकोसेरो संरक्षणकै अभियानमा यहि माघ २५ र २६ गते प्रकृतिका साथीहरुको आयोजनामा जनकपुरमा १२ औं संस्करणको हुचिल उत्सवको तयारीमा जुटेको निर्देशक राजु आचार्यले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
व्यापार मेलामा सम्भावनाको बहस
तेस्रो माछापुच्छे गाँउपालिका अध्यक्ष कप फागुन दोस्रो साता देखि
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने
टाइगर कप भलिबलः आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे