व्यापार मेला शनिबारसम्म, राजस्थानको लोकनृत्य

राष्ट्र न्यूज सम्वाददाता
माघ १७, २०८१
ff85f5b6-0e88-464e-b1df-aa400b4b9fa7

पोखरा । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला शनिबारसम्म चल्ने भएको छ । आइटी महोत्सवसहित १२ औं क्यान इन्फोटेक तथा चौथो मोवाइल मेलासमेत समाहित गरिएको मेलामा अवलोकनकर्ताको चासो बढेपछि मेलाई शनिबारसम्म निरन्तरता दिइने निर्णय भएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बताए । मेला माघ १० गतेदेखि सुरु भएको थियो ।

मेला समापनतर्फ अगाडि बढ्दा स्टलहरुबाट उत्साहजनक कारोबार भएको महोत्सवका स्टल व्यवस्थापन उपसमिति संयोजक टीकाराम सुवेदी ’माधव’ले जानकारी दिए । महोत्सवमा मोवाइल, कम्प्युटर, अटो, हस्तकला, घरायसी सामग्री, लत्ता कपडा, श्रृङ्गारका सामग्री,कृषिजन्य उत्पादनहरुको किनमेल बढेको उनको भनाइ छ ।

बिहीबार लोकदोहारी कलाकार चोलेन्द्र पौडेल, शिव हमाल,पार्वती जिसी,कृष्ण भट्टराई, रमा गौतम,केशव घिमिरेको प्रस्तुतिमा दर्शकहरुले भरपुर मनोरन्जन लिएका थिए ।

शुक्रबार मित्रराष्ट्र भारतको राजस्थानबाट आएका कलाकारहरु लोकनृत्यको विशेष प्रस्तुति रहने छ । भारतीय दूताबाससँगको सहकार्यमा यो कार्यक्रम हुन लागेको हो । स्वामी विवेकानन्द फाउण्डेसनले यो कार्यक्रमलाई सघाएको छ । साथमा कलाकारहरु चोलेन्द्र पौडेल, ज्योति लोहनी, रामजी पौडेल, मन्जु बिक, अमर धिताललगायतको प्रस्तुति रहने सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरले जानकारी दिए ।

मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल तथा १० जनालाई बन्दीपुर केवलकारको टिकट उपहार दिइने व्यवस्था मिलाइएको छ । यस्तै उत्कृष्ट टिकटक बनाउने प्रतियोगितामा पहिलो हुनेले २० हजार, दोस्रोले १० र तेस्रो हुनेले ५ हजार बराबरको उपहार प्राप्त गर्नेछ । भ्यूअर्सको आधारमा विजेता छनोट गरिने छ । आइटी महोत्सवअन्तर्गत पनि विभिन्न उपहार प्रदान गरिएको मेलामा प्रचारप्रसार उपसमिति संयोजक मनोहरि पौडेलले जनाए ।
नवप्रवर्तनका तीन परियोजनालाई पुरस्कार

मेलाअन्तर्गत सूचना प्रविधि अध्ययन गर्ने विद्यार्थीहरुको संस्था सिएसआइटीएनको समन्वयमा भएको स्टार्टअप परियोजना प्रतियोगित गण्डकी बोर्डिङका विद्यार्थीहरुले जितेका छन् । उनीहरुले नगद ६० हजार पुरस्कार पाए । गण्डकी बोर्डिङ स्कूलमा कक्षा ११ का अर्जित पौडेल र १२ पढ्ने सुविन चापागाईंले बनाएको हरियाली एप खोलेर जोसुकैले पनि आफूले कति कार्बन उत्सर्जन गरेको छु भन्ने जानकारी लिन सक्छन् । त्यस्तै यो एपबाट जमिनको तस्वीर लिँदा त्यहाँ कतिवटा रुख रोप्न सकिन्छ वा कसरी उपयोग गर्न सकिन्छ भन्ने जानकारी प्राप्त हुन्छ ।

दोस्रो चाहिँ कृषकहरुको निम्ति बनाइएको ‘आहार’ नामक बाली निगरानी प्रणाली बन्यो । यो एपले वातावरणीय अवस्थाको जानकारीसहित चिस्यान र बोटविरुवाको अवस्थाबारे जानकारी दिन्छ । यो एप सन्जिव शाह,मनिष पौडेल र अमन शेखले बनाएका हुन् । उनीहरुले ४० हजार नगद पुरस्कार पाए ।
तेस्रो चाहिँ अभिषेक लौडारी, वर्षा केसी,गृष्मा रिजाजको समूह बन्यो । उनीहरुले २० हजार पुरस्कार पाए । उनीहरुले दृष्टिविहीनले प्रयोग गर्न मिल्ने छडी बनाएका छन् । सेन्सरसहितको सो छडीले दृष्टिविहीनलाई मद्दत गर्छ ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमका अनुसार विजेतालाई संघका अध्यक्ष गोकर्ण कार्कीसहित पदाधिकारी र कार्यसमितिका सदस्यहरुले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा ४५ समूहको सहभागिता रहेको सिएसआइटीएनका अध्यक्ष विष्णु पौडेलले जानकारी दिए ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि संचालित मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘गानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ,क्यान कास्की, नेपाल मोवाइल बितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ । यस्तै, मधेश प्रदेश सरकार,नेपालस्थित भारतीय राजदूताबास,स्वामी विवेकानन्द कल्चरल सेण्टर,पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको छ । मेलाको मुख्य प्रायोजकमा बाल्ट्रा होम एप्लाइन्सेस, सहप्रायोजकमा समृद्धि स्टिल्स,लक्ष्मी इन्टरकन्टिनेण्टल (हुण्डाइ),सुजल डेरीको सफल दूध र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् ।

मुक्तिनाथ विकास बैंकले मेलाको मुलद्वार प्रायोजन गरेको छ भने कृषि विकास बैंक लिमिटेड स्टेज प्रायोजक रहेको छ । ग्लोबल आइएमइ बैंक लिमिटेड,गरिमा विकास बैंक लिमिटेड,नेपाल बैंक लिमिटेड,माछापुच्छे« बैक लिमिटेड,ग्रिन डेभलपमेण्ट बैंक लिमिटेड,कामना सेवा विकास बैंक लिमिटेड,नेपाल टेलिकम,याक ब्रोइङ कम्पनी,गृहलक्ष्मी ग्यास कम्पनी प्रालि,डाबर नेपाललगायतले मेलामा प्रायोजकको भूमिका निभाएका छन् ।
युनाइटेड अजोड इन्स्योरेन्स प्रालि इन्स्योरेन्स पार्टनर, पोखरा इन्टरनेट प्रालि इन्टरनेट पार्टनर,खल्ती डिजिटल वालेट पार्टनर र यती एयरलाइन्स अभिसियल एयरलाइन्स पार्टनर रहँदा कर्माचार्य फुड एण्ड ग्रेन्स प्रालि,अन्नपूर्ण फुड एण्ड बेभरेज प्रालिको सोल्टी पानी, ,बागमती प्लाष्टिक, बन्दीपुर केबलकार,फिस्टेल ड्रिम पार्क प्रालिले विभिन्न विधामा सहकार्य गरेका छन् । मेलाको हस्पिटल पार्टनरमा मनिपाल अस्पताल तथा हस्पिटालिटी पार्टनरमा चौतारी बुटिक होटल प्रालि,कुटी रिसोर्ट र होटल गोवा प्यालेस रहेका छन् ।

Related News

सम्बन्धित समाचार

Recent News