पोखरा । ढिकुरपोखरी समाज पोखराले १८ औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरि मनाएको छ । समाजले आफ्नो स्थापना दिवसको अवसर पारेर अन्नपूर्ण गाउँ पालिका वडा नं. १,२ र ३ मा रहेका विद्यालय तथा संस्थालाई सहायोग गरेको हो ।
उक्त अवसरमा लक्ष्मी आदर्श आधारभूत विद्यालय वडा नं. ३ पाउदुरमा प्रिन्टर फोटोकपी मेसिन तथा स्टेशनरी सामाग्री वितरण गरिएको थियो । यता वडा नं. २ मा रहेको अद्धैत संस्था स्टील दराज र कुर्ची सहयोग गरिएको थियो भने वडा नं. १ मा रहेको लहरी आधारभूत विद्यालयका विद्यार्थीलाई पोशाक वितरण गरिएको थियो ।
कार्यक्रममा अन्पूर्ण गाउँ पालिका वडा नं. १ का वडा अध्यक्ष तुलसी प्रसाद अधिकारी, २ का वडा अध्यक्ष पिताम्बर भण्डारी, ३ का वडा अध्यक्ष फणिन्द्र प्रसाद पौडेलले समाजले गरेका हरेक कार्यक्रम उदाहरणिय रहेको बताएका थिए ।
कार्यक्रममा समाजका सल्लाहकार रामचन्द्र पौडेल, सोमनाथ पौडेल, भेषराज पौडेल, युवराज अधिकारी, लक्ष्मी आदर्श आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद पौडेल, लहरी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर विक, अद्धैत संस्था ढिकुरपोखरीका अध्यक्ष लिलाधर अधिकारी, लक्ष्मी आदर्श आधारभूत विद्यालय प्रध्यानाध्यापक तारानाथ पौडेल, लहरी आधारभूत विद्यालयका प्रध्यानाध्यापक गणेश प्रसाद शर्मा, अद्धैत संस्थाका सदस्य भरतराज अधिकारी, रुद्रप्रसाद भण्डारी, सहसचिव कृष्णप्रसाद दाहाल, न्यायिक समिति संयोजक विष्णुहरि भुगाईले बोलेका थिए ।
ढिकुरपोखरी समाज पोखराकी अध्यक्ष लक्ष्मी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लोकनाथ भण्डारीले स्वागत र सञ्चालन सचिव गणेशप्रसाद अधिकारीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न
कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान
नागीधार महोत्सव सकियो
काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि
हेमजामा महिला सिप विकास तथा क्षमता अभिवृद्धि तालिम