पोखरा ११ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार प्रसाद गर्न साइकल ¥याली गरिएको छ । महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले साइकल ¥याली आयोजना गरेको हो ।
साईकल सिटी पोखराका पूर्व सदस्य, लायन्स अन्तरराष्ट्रिय डिष्टिक्ट ३२५ एलका सेकेण्ड भाईस डिष्ट्रिक गभर्नर तथा पोखरा विश्व विद्यालयका सह प्रशासक तेज नारायण पराजुलीले ¥यालीको उद्घाटन गरेका हुन् ।
साईकल ¥याली विरौटा कार्यक्रम स्थलबाट शुरुभई विरौटा चोक, ड्याम साइड, लेकसाइड, हल्लन चोक, जिरो किमि, मालेपाटन, विन्ध्यवासिनी, भैरव टोल, नाला मुख, तेस्रापट्टी, महेन्द्र पुल, न्यूरोडक, पृथ्वीचोक, नागढुड्डा, पुरानो एयरपोर्ट, मुस्ताङ चोक, पार्दी हुदै पुन विरौटामा गएर समापन भएको थियो ।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले साइकल ¥यालीका सहभागित सवैलाई धन्यवाद दिदै महयज्ञको अभियानमा जोडिन आग्रह गरे ।
‘साईकल ¥यालीले पर्यटन प्रवद्र्धनको सन्देश प्रवाह पनि गरेको छ’ उनले भने, ‘पोखरेलीहरूलाई महायज्ञको अभियानमा जोडिन आह्वान गर्दछु ।’
साइकल ¥यालीले धार्मिक, सामाजिक, र पर्यटकीय सन्देशलाई एकसाथ प्रवाह गर्दै पोखराको सांस्कृतिक र पर्यटकीय महत्वलाई उजागर गरेको मानव सेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
महयाज्ञको प्रचार प्रसार अन्तर्गत बैशाख १२ गते ट्याक्सी ¥याली निकालिने भएको छ । उक्त ¥याली, विरौटा चोक हुदै ड्याम साइड, राष्ट्रबैक चोक, लेकसाइड, हल्लन चोक, जिरो किमी, मालेपाटन, हरिचोक बगर पिएन क्याम्पस, नदिपुर, महेन्द्रपुल, रानीपौवा, सितलदेवि, कुडहर, मियापाटन, १३२ किमि चोक, अमरसिंह चोक, विरेन्द्र चोक, राम बजार, बुद्धचोक, पृथ्वीचोक, नागढुड्डा, मुस्ताङ चोक, विरौटा चोक हुदै कार्यक्रम स्थलमा गएर समापन हुने छ ।
त्यसैगरी १३ गते हुने मटरसाईकल ¥याली, १४ गते फेवातालमा डुड्डा ¥याली, १५ गते विहान पोखरामा बृहत बृहत् पैदल यात्रा हुने भएको छ ।
मानवसेवा फाउण्डेशनको आयोजना वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल कलश यात्रा निकालिने भएको छ । कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त कलश यात्रामा ११ हजार कलश रहने छन् ।
शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मुल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।
कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुनभएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुनेछन् ।
कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ । महायज्ञमा एकसय वटा हवनकुण्ड रहनेछन्।
पोखराको कोटिहोममा करिब ५० जिल्लाबाट स्वयम्सेवकहरु सहभागी भएको फाउन्डेसनले जनाएको छ । कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।
कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो ।
महायज्ञमा अन्तराष्ट्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ सह निर्देशक युवक लामिछानेले जानकारी दिए । महायज्ञमा भक्तजन, दानविरदाताहरुको पनि सहभागिता वढ्दै गएको आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली
पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव
महोत्सवमा १७ लाख बढीको आलु कारोवार