पोखरा १२ बैशाख । पोखरा महानगरपालिका–१७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिर परिसरमा आयोजना भएको श्रीगण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको प्रचार प्रसाद गर्न ट्याक्सी ¥याली गरिएको छ ।
महायज्ञ को प्रचार–प्रसार र धार्मिक तथा सामाजिक सद्भावको सन्देश फैलाउन मानवसेवा फाउण्डेशनले ट्याक्सी ¥याली आयोजना गरेको हो । ट्याक्सी ¥यालीको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले शुभारम्भ गरेका हुन् ।
पोखरामा हुने महायज्ञ पोखरावासीको लागि गौरवको विषय वनेको केसीले बताए । ‘अरु महायज्ञ जस्तो पटक पटक यसरी विराट कोटीहोम ज्ञानमहायज्ञ हुदैन’ अध्यक्ष केसीले भने,‘ यो महायज्ञमा आम पोखरेलीवासी सहभागित भएर पुण्य लाभ लिन म अनुरोध गर्दछु ।’
ट्याक्सी ¥याली विरौटा कार्यक्रम स्थलबाट शुरुभई विरौटा चोक, ड्याम साइड, लेकसाइड, हल्लन चोक, जिरो किमि, मालेपाटन, विन्ध्यवासिनी, हरिचोक, सिम्पानी, क्याम्पस गेट, नदिपुुर, महेन्द्रपुल, नयँवजार, पृथ्वीचोक, नागढुड्डा, पुरानो एयरपोर्ट, मुस्ताङ चोक, पार्दी हुदै पुन विरौटामा गएर समापन भएको थियो ।
महायज्ञका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले ट्याक्सी ¥यालीका सहभागित सवैलाई धन्यवाद दिदै महयज्ञको अभियानमा जोडिन आग्रह गरे ।
महयाज्ञको प्रचार प्रसार अन्तर्गत बैशाख १३ गते मोटरसाइकल ¥याली निकालिने भएको छ। मोटरसाइकल ¥याली पनि ट्याक्सी ¥यालीकै रुट अनुसार रहने आयोजकले जनाएकोक छ।
मानवसेवा फाउण्डेशनको आयोजना वैशाख १७ देखि औपचारिक रुपमा उद्घाटन हुने ऐतिहासिक महायज्ञ अन्तर्गतका विभिन्न प्रवचन एवम धार्मिक कार्यक्रमहरु भने जारी रहेका छन् । महायज्ञ जेठ २६ गतेसम्म चल्नेछ ।
महायज्ञलाई भव्य रुपमा सम्पन्न गर्नका लागि बैशाख १६ गते ऐतिहासिक विशाल कलश यात्रा निकालिने भएको छ । कलश यात्रा पोखराको शान्तिघाटबाट शुरु भई नयाँ बजार, पृथ्वीचोक, सिर्जना चोक, राष्ट्रबैक चोक, हुदै कार्यक्रम स्थलमा पुग्ने छ । उक्त कलश यात्रामा ११ हजार कलश रहने मानवसेवा फाउण्डेशन नेपालका व्यवस्थापक विष्णु थापाले जानकारी दिए । कलश यात्रामा सम्पूर्ण नेपालीलाई जोडिन उनले आग्रह गरे ।
शोभा कलश यात्रामा समूह, भेषभुषा, अनुशाशन व्यानर लगायतमा आउने समूहलाई पुरस्कारको व्यवस्था समेत गरिएको मुल समारोह समितिका महासचिव गिरीराज अधिकारीले जानकारी दिए ।
कलश यात्रामा जगद्गुरु, साधु, सन्त, महन्त, प्रसिद्ध कथा वाचक, वाचिकाबाट विशेष शास्त्रीय प्रवचन हुनभएको छ । महायज्ञको मुख्य दिन बैशाख १७ देखी जेठ २६ गतेसम्म सयौं गुरुहरूद्वारा नियमित हवन तथा अनेकौँ पुण्यमय कर्महरू गरिने आयोजकले जनाएको छ । उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देवलीला, नृत्यआदि प्रस्तुति हुनेछन् ।
कार्यक्रम अवधिभर देश विदेशबाट कार्यक्रम अवधिभर विभिन्न सामाजिक अभियन्ता तथा राजनीतिक दलका नेताहरूको आगमन हुने जनाईएको छ । महायज्ञमा एकसय वटा हवनकुण्ड रहनेछन्।
पोखराको कोटिहोममा करिब ५० जिल्लाबाट स्वयम्सेवकहरु सहभागी भएको फाउन्डेसनले जनाएको छ ।
कोटीहोम अवधिभर श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमत कथा, श्रीमददेवी भागवत कथा जस्ता दिव्य कथावाचन गरिनेछ । यसका अतिरिक्त, विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलनलगायतका कार्यक्रमहरु राखिएको छ ।
कोटिहोममा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले अनुरोध गरेको छ ।
राष्ट्र शान्ति, विश्व कल्याण, धार्मिक पर्यटन प्रवर्धन, तथा असहाय बालबालिका र ज्येष्ठ नागरिकहरूको संरक्षणार्थ महायज्ञमा आयोजना गरिएको हो ।
महायज्ञमा अन्तराष्ट्रिय कथा बाचिका देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम रहेको महायज्ञ सह निर्देशक युवक लामिछानेले जानकारी दिए । महायज्ञमा भक्तजन, दानविरदाताहरुको पनि सहभागिता वढ्दै गएको आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
पोखराको कोटीहोम प्रचारका लागि साइकल ¥याली
पोखराको कोटीहोम प्रचारका लागि वैशाख ११ गते साइकल ¥याली
पोखराको कोटीहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
आलु महोत्सव भोली सकिदै
कृषिको उत्सव आलु महोत्सव