रोशन तिवारी
मंसिर ६ पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुनप्रसाद जोशीले नाटकीय रुपमा गरेको बाम गठबन्धन लामो समयसम्म नटिक्ने बताएका छन्।
नेपाली काँग्रेस कुश्मानगरपालिका–८ चुवाले आयोजना गरेको चुनावी आमसभा लाई सम्बोधन गर्दै एमाले र माओवादीबीच रातारात भएको सहमती सत्ताप्राप्त गर्ने गम्भिर षडयन्त्र मात्रै रहेको उल्लेख गरे।
जोशीले एमाले लामो समयसम्म सरकारमा जान नपाएकाले बाम एकता गरेको आरोप लगाए। देश अव आर्थिक सम्बृद्वितर्फ लम्केको बताउँदै जिल्लालाई समृद्धि बनाउने आफ्नो मुख्य एजेण्डा रहेको स्पष्ट पारे।
कार्यक्रममा माओबादी केन्द्रका देवराज पुरी, वडा नागरिक मञ्चका संयोजक समेत रहेकी एमालेवाट सिर्जना परियार सहित कुश्मा नगरपालिका आसपासमा १ सय ५० जना व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
दिनभर नवप्रवेशीहरुलाई स्वागतका लागि भ्याई नभ्याई भएको नेपाली काँग्रेसका नगर सचिव सुरेन्द्र केसीले जानकारी दिए। उनका अनुसार वाम गठवन्धनले देशमा अतिवाद निम्ताउन खोजेको र काँग्रेसले मात्रै देश र जनताको रक्षा गर्ने भन्दै उनीहरु काँग्रेसमा प्रवेश गरेका हुन् ।
Related News
सम्बन्धित समाचार
एन प्याव्सन कास्कीको २६ औ वार्षिक साधारण सभा
होटल संघद्वारा पर्यटकलाई निशुःल्क बसोबास र खानपान
अभिभावकमुखी शिक्षालाई प्रभावकारी बनाउन मन्त्री थापाको निर्देशन
राष्ट्रिय माविको हीरक महोत्सव
एसओएसमा विद्यार्थी परिषद् पदस्थापन
Archives
Archives