पोखरा, ३० पुस। नेपाली काँग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले पार्टीले अधिकारिक रुपमा कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको स्पष्ट पारेका छन्।
केहि दिन पहिला एमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले काँग्रेसले आफुलाई प्रधानमन्त्री बन्न आग्रह गरेको बताइरहदाँ काँग्रेस प्रवत्ता शर्माले दाहाललाई प्रधानमन्त्री बन्न प्रस्ताव नगरेको स्पष्ट पार्दै पार्टी जनादेशलाई आत्मासात् गरेर अगाडि बढ्ने उल्लेख गरे।
राजधानीमा आइतबार भएको कार्यक्रममा बोल्दै उनले पार्टीले प्रतिनिधि तथा प्रदेशसभामा ल्याएको नतिजाका बारेमा छलफल गर्न केही दिनभित्रै केन्द्रिय कार्यसमितिको बैठक बस्ने जानकारी दिए।
उनले बैठकमा गम्भीर समिक्षा गरी पार्टीलाई नवजीवन दिने गरी अघि बढ्नुपर्नेमा जोड दिए।
हामी बदलिन्छौँ, देश बदल्छौँ भन्ने दृढ इच्छा राखेर उमेरभन्दा पनि कार्यसूचीलाई प्राथमिकतामा राखेर अगाडि बढे मात्र सफल भइने उनकोे भनाइ छ ।
प्रवत्ता शर्माले केन्दीय कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार आवश्यक परे महासमिति र महाधिवेशन प्रतिनिधिको बैठक बोलाइने स्पष्ट पारे।
Related News
सम्बन्धित समाचार
पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष बास्तोलालाई पितृशोक
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेश
आवधिक योजना बनाएर काम गर्छु ः स्वास्थ्यमन्त्री पाठक
चट्याङ लागेर कार्यपालिका सदस्य घाईते
रसिया पुगेका थापा सम्पर्क विहिन भएपछि परिवारको विचल्ली
Archives
Archives