फेरि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ६ घण्टा बन्द

राष्ट्र न्यूज सम्वाददाता
माघ १३, २०७४
sadak-31082017080101-1000×0-31082017092015-1000×0

पोखरा, १३ माघ। निर्माणाधिन अवस्थामा रहेको नारायणगढ–मुग्लिन सडकखण्डमा अबको एक महिना बिहान १० देखि अपरान्ह ४ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको छ।

झण्डै एक महिनादेखि रातमा सवारी रोकेर गरिएकोमा काम प्रभावकारी हुन नसकेकोभन्दै सो निर्णय गरिएको हो।

रातिभन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने जनाउँदै स्थानीय प्रशासन, नारायणगढ–मुग्लिन सडक आयोजना, परामर्शदाता र ठेकेदार कम्पनीले आजदेखि यस्तो निर्णय गरेका हुन् ।

सो निर्णयसँग सवारी साधन रोक्ने स्थान पनि तोकिएको छ।  सो सडक खण्डमा दैनिक १० हजारभन्दा बढि सवारी साधन चल्छन्।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै