पोखरा, २१ फागुन । कान्तिपुर पब्लिकेसन्स कर्मचारी युनियन क्षेत्रीय समिति पोखराकोे चौथो भेलाले खड्गबहादुर गुरुङ्गको अध्यक्षतामा आगामी २ वर्षका लागि ७ सदस्य नयां कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
समितिको उपाध्यक्षमा बिरबहादुर कुंवर, सचिवमा रामु गिरी र कोषाध्यक्षमा टंक लामिछाने चयन भएका छन् । त्यस्तै सल्लाहकारहरुमा विश्वराज अधिकारी, बामदेव गौतम र श्याम प्रसाद उपाध्याय चुनिएका छन् ।
भेलाको प्रमुख अतिथि नेपाल छापाखाता तथा सम्बद्ध श्रमिक संघका संरक्षक अश्विनी दाहाल, विशेष अतिथि केन्द्रिय महासचिव अर्जुन पाठक तथा विशेष अतिथिहरुमा छापाखाना जिल्ला संयोजक कास्कीका निर्दोश डुम्रे एवं नेपाल ट्रेड युनियन कास्कीका सचिव केशवराज भट्टराईको उपस्थितिमा रहेको थियो ।
Related News
सम्बन्धित समाचार
मादी गाउँपालिकामा फागुन १ गते सोँथर बेँसी टारी बजार मेला हुने
नेकपा एमाले पोखरा १९ मा कोमल
लेखनाथ महोत्सवमा २ लाख ४५ हजार दर्शकले अवलोकन ८ करोडको करोवार
प्रेस चौतारी कास्कीको नवौं अधिवेशन माघ २२ गते
होली माउण्टले विविध कार्यक्रम गरी रजत जयन्ती मनाउदै