पोखरा, २७ साउन । आयोजक फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीले दोस्रो सिक्स ‘ए’ साइड फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।
रानीपौवा स्पार्टस् सेन्टरमा शनिबार भएको फाइनलमा पोखरा इलेक्ट्रोनिक्स एशोसिएसनलाई ४–१ गोलअन्तरले पराजित गर्दै आयोजकले उपाधिसहित नगद ५१ हजार, ट्रफी मेडल र प्रमाणपत्र जितेको होे । उपविजेताले ३१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो ।
त्यस्तै, अनुशासित टिम घोषित हनुमान गल्ली व्यापारिक एशोसियशनलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइयो । खेलमा उत्कृष्ट खेलाडी फेन्सी तथा रेडिमेड व्यवसायी संघका नरेश केसी र सर्वाधिक गोलकर्ता दीपेन्द्र रोकालाई जनही दुई हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।
यसअघि गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले प्रतियोगिता उद्घाटन गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ४ का वडाध्यक्ष शंकरप्रसाद बास्तोला, पोखरा उद्योग वाणिज्य संघकी सदस्य सीता बराल, फ्लोरिङ एण्ड फर्निसिङ्ग एशोसिएसनका अध्यक्ष माधव भण्डारी र संस्थापक अध्यक्ष कमलनाथ कुँवरले बोलेका थिए ।
फेन्सी तथा रेडिमेड व्यवसायी संघ कास्कीका अध्यक्ष केशव खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष प्रदीपकुमार मुल्मीले स्वागत र महासचिव राजु पौडेलले संचालन गरेका थिए ।
तस्विर सौजन्य ः ड्रिम पिक्चर्स
Related News
सम्बन्धित समाचार
हिसान गण्डकी फुटसल कास्की छनौटमा गुरुकुल विद्यासदन च्याम्पियन
तेस्रो माछापुच्छे गाँउपालिका अध्यक्ष कप फागुन दोस्रो साता देखि
टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने
टाइगर कप भलिबलः आयोजक टोलीबाट खेल्न ३ विदेशी खेलाडी पोखरा आइपुगे
पाँचौ टाइगर कप भलिबलसँग जोडियो एनसेल