पोखरा, २८ साउन । २० औं अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पोखरामा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका वत्ताले युवाका लागि व्यवहारिक र जीवनोपयोगी शिक्षा आवश्यक रहेको आंैल्याएका छन् ।
नेपाल परिवार नियोजन संघ कास्कीले सोमवार आयोजना गरेको ‘शिक्षामा रुपान्तरण, उद्यमशीलता र नवप्रवद्र्वन’ विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्ने वत्ताहरुले त्यस्तो औल्याएका हुन् ।
उनीहरुले अल्पसंख्यक, तेस्रो लिङ्गि, यौनकर्मी, अपाङ्गता भएका र एचआइभी संक्रमितलाई शिक्षाको पहुँचमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा यौनकर्मी, अपाङ्गता भएका, एचआइभी संक्रमित, तेस्रो लिङ्गि र सामाजिक क्षेत्रका व्यक्तिहरु सहभागी थिए । कार्यक्रममा सविना तिमिल्सिना, सम्पूर्ण गौतम, दीक्षा पराजुली, अमृता थापा र जीवन भण्डारीले सहजिकरण गरेका थिए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघका केन्द्रीय सदस्य अर्जुन सिग्देलले युवाहरुलाई सहि दिशामा ल्याउनका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
संघका सचिव उमेशराज पराजुलीले आवश्यकता अनुसार शिक्षा नीति नहुदाँ धेरै समुदाय शिक्षाबाट पछाडि परेको बताए ।
संघका शाखा प्रबन्धक यमनाथ पौडेलले युवा शशक्तिकरणका लागि युवा नै अग्रसर बन्नु पर्नेमा जोड दिए । कार्यक्रममा नौलो बिहानी पोखराका अध्यक्ष विन्दिया गौतमले बोलेका थिए ।
नेपाल परिवार नियोजन संघ युवा समिति सदस्य नारायणी त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य कृषा सिग्देलले स्वागत र सदस्य सपना थापाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न