पोखरा, २७ वैशाख । नेपाली काँग्रेस कास्कीले जातीय सद्भाव देशको गौरव भएकाले त्यसतर्फ सचेत बन्न सबैलाई आग्रह गरेको छ ।
पछिल्लो समय पोखरा १६ लामाचौरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै जातीय सद्भावमा आँच आउने गरी कुनै पनि गतिविधि नगर्न अनुरोध गरिएको छ ।
विश्व कोरोनाको महामारीमा रहेका बेला समाजका नागरिकबीच असमझ्दारी बढ्नु दुःखद् विषय भएको भन्दै संयमता अपनाउन आग्रह गरिएको हो ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा घटनाको विषयमा मुद्वा दर्ता भएकाले कानूनी रुपमा निरुपण हुने भन्दै सबै व्यक्ति र समुदायलाई सम्वेदनशील बन्न आग्रह गरिएको छ ।
विज्ञप्तिमा घटनाका बारे चासो र दोषिमाथि कारबाहीको माग लिएर प्रहरी समक्ष पुगेका पत्रकार र अभियन्तालाई निर्मम लाठिचार्ज गरिएकोमा खेद प्रकट गर्दै आगामि दिनमा संयमित बन्न प्रहरी प्रशासनलाई अनुरोध गरिएको छ ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न