पोखरा, ६ जेठ । पोखरा महानगरपालिका वडा नं ९ कार्यालयले राहतको विवरण सार्वजनीक गरेको छ ।
वडा कार्यालयले चैत र वैशाख महिनामा प्राप्त राहत र वितरण गरिएको विवरण सार्वजनीक गरेको हो ।
पोखराका ३३ वडामध्ये प्राप्त राहत र वितरण गरिएको राहत विवरण सार्वजनीक गर्ने यो पहिलो वडा हो ।
वडाध्यक्ष रामराज लामिछानेले राहतलाई पारदर्शी बनाउनका लागि प्राप्त भएको र वितरण गरिएको राहत विवरण सार्वजनीक गरिएको बताए ।
वडाबाट गरिने सबै कामलाई पारदर्शी बनाइएको भन्दै उनले प्राप्त राहत र वितरण गरिएको राहत पनि पारदर्शी गरिएको उल्लेख गरे ।
सो वडाले २ हजार ६ सय ४९ घरपरिवारलाई ३४ लाख ४३ हजार पाँच सय ८० रुपैया बराबरको राहत वितरण गरेको छ ।
वडाध्यक्ष लामिछाने नेपाली काँग्रेसबाट निर्वाचित हुन् । राहत सम्वन्धी विवरण सार्वजनीक गरेपछि वडाध्यक्ष लामिछानेको चौतर्फी प्रशंसा भएको छ ।
वडालाई ३३ वटा संस्थाले खाद्यान्न र ६ वडा संस्थाले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गर्मीयाम शुरु हुदै छ सवै सचेत हुनुहोस्, रुपामा वन डढेलो नियन्त्रणको पूर्व अभ्यास
ढिकुरपोखरी सामाजद्धारा विद्यालय तथा संस्थालाई सहयोग
हेम्जा आवासीय विद्यालयमा पुरस्कार वितरण कार्यक्रम
सामुदायिक सेवा एवम् सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिको अध्यक्ष पुनः भिम
पोखरा महानगरपालिकाको १६ औँ नगर सभा सम्पन्न