१० लाख अवैध भारतीय रुपैयाँसहित खान पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
फागुन १०, २०७७
indian

नेपालगन्ज,१० फागुन । १० लाख अवैध भारतीय रुपैयाँसहित दिल्ली जफ्फारावादका ५४ वर्षीय मुनवर खानलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१६ को भन्सार चेक प्वाइन्टबाट उनलाई नियन्त्रणमा लिइएको हो ।

उनको साथमा रहेका २ वटा झोलाभित्र २ हजारका ३ वटा र ५ पाँच सयका १ हजार ९ सय ८८ वटा भारतीय रुपैयाँ प्रहरीले बरामद गरेको छ ।

उनीमाथि आवश्यक अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग