काठमाडौँ, १४ फागुन (रासस) । सरकारले यही फागुन २३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिश गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।
सर्वोच्च अदालतको फैसलाअनुसार सरकारले प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो ।
सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम
भगवान् कृष्ण सबैको आास्थाको केन्द्र – प्रदेश प्रमुख भट्ट
कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
कास्की काँग्रेसले भेट्यो राष्ट्रपति सहित नौ मन्त्री
पोखरा १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
Archives
Archives