चैत्र ३ गते शान्ति पत्रकारिता पुरस्कार पत्रकार लौडारीलाई प्रदान गरिने

राष्ट्र न्यूज सम्वाददाता
चैत्र २, २०७७
Himnidhi Laudari

पोखरा, २ चैत । नेपाल प्रेस युनियन कास्कीले सञ्चालन गरेको पूर्णप्रसाद÷मायादेवी बराल शान्ति पत्रकारिता पुरस्कार चैत्र ३ गते मङ्गलबार पोखराका पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिने भएको छ ।

पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित दोसल्ल्ला र सम्मानपत्र छ ।
नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा बिहान ८ बजे हुने समारोहमा पत्रकार लौडारीलाई पुरस्कार अर्पण गरिने नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले जानकारी दिए ।

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा सहभागिताका लागि युनियनले सबैलाई आग्रह गरेको छ ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष लौडारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारिता, शान्ति र मानव कल्याणको क्षेत्रका सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै पत्रकार लौडारीलाई पुरस्कृत गर्न लागिएको छ ।

यसअघि सो पुरस्कार पोखराका पत्रकार राजबहादुर गुरुङलाई अर्पण गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै