पोखरा, ३ चैत । नेपाल प्रेस युनियन कास्कीद्वारा सञ्चालित पूर्णप्रसाद÷मायादेवी शान्ति पत्रकारिता पुरस्कार पोखराका पत्रकार हिमनिधि लौडारीलाई प्रदान गरिएको हो ।
पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानद्वारा स्थापना गरिएको सो पुरस्कारको राशि नगद २५ हजार पाँच सय ५५ सहित सम्मानपत्र र दोसल्ला रहेको छ ।
पोखरामा मङ्गलबार आयोजित कार्यक्रमबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिभा छनोट समितिका संयोजक रमेश पौडेल, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र पूर्णप्रसाद÷मायादेवी बराल प्रतिष्ठानका अध्यक्ष भोला बरालले पत्रकार लौडारीलाई पुरस्कृत गरेका थिए ।
नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रमेश पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिले यसवर्ष लौडारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।
छनोट समिति सदस्यमा भोला बराल, कुशल बराल, बिमला भण्डारी र पदेन सदस्यमा युनियन अध्यक्ष नवीन सिग्देल र सचिव प्रदीप पौडेल थिए ।
लामो समयदेखि पत्रकारिताको माध्यमबाट पत्रकारिता, शान्ति र मानव कल्याणको क्षेत्रका सक्रिय रहि समाज परिवर्तनमा निर्वाह गरेको योगदानको कदर गर्दै पत्रकार लौडारीलाई पुरस्कृत गरिएको हो । २ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशील उनी हाल हिमदूत दैनिक र रेडियो तरंगमा आबद्ध छन् ।
यसअघि सो पुरस्कार पोखराका पत्रकार राजबहादुर गुरुङलाई अर्पण गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
हेमजाको तीज मेलामा कमल जौशी समूह प्रथम
भगवान् कृष्ण सबैको आास्थाको केन्द्र – प्रदेश प्रमुख भट्ट
कुँडहर सहकारी र मणिपाल अस्पताल बीच सम्झौता
कास्की काँग्रेसले भेट्यो राष्ट्रपति सहित नौ मन्त्री
पोखरा १३ मा सामाजिक सुरक्षा भत्ता लिन आउनेलाई निशुल्क स्वास्थ्य परीक्षण
Archives
Archives