धारापानी सामुदायिक वनको आम्दानी कुवा,पोखरी संरक्षणमा लगानी

राष्ट्र न्यूज सम्वाददाता
चैत्र ५, २०७७
20210318_093617 (4)

पोखरा, ५ चैत । पोखरा महानगरपालिका वडा नं. ११ काहुँस्थित धारापानी सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्र भित्रका पानीका श्रोतको संरक्षणका साथै पँधेरा र पोखरी निर्माण गरेको छ ।

घरघरमा पानीका धारा पुगेसँगै संकटमा परेका परम्परागत रुपका खानेपानीका श्रोतबाट वन क्षेत्रको हरियाली प्रवद्र्धन गर्नुका साथै जंङ्गली जनावरलाई समेत खानेपानीको सुविधा पु¥याउने लक्ष्यका साथ पँधेरा संरक्षण तथा पोखरी निर्माण गरिएको हो ।

जंङ्गलको बीच भागमा रहेका धारापानी र रोटेपानीस्थित पानीका श्रोतमा चालु आर्थिक बर्षमा रु. एक लाख ३५ हजारको लागतमा कुवा र पोखरी निर्माण सम्पन्न भएको छ भने टुनेपानी श्रोतको पनि संरक्षण गरिने वन उपभोक्ता समुहका अध्यक्ष कुमार बहादुर क्षेत्रीले जानकारी दिए ।

डिभिजन वन कार्यालय कास्कीबाट पोखरी निर्माण परियोजनाका लागि एक लाख ४५ हजार आर्थिक सहयोग भएको थियो । उक्त वन २०७१ सालमा जिल्लामा द्धितीय स्थान हासिल गरि पुरस्कृत समेत भएको समूहको थियो ।

सुख्खायाममा जङ्गलमा लाग्ने गरेको आगोबाट जोगाउनका लागि अग्नी रेखा निर्माण गरिएको बताउँदै उनले वन सिमानालाई समेटेर गोलाकारमा निर्मित सो रेखालाई साइकलमार्गको रुपमा समेत विकास गरिने सोच रहेको बताए । अग्नी रेखको कूल लम्वाई चार किलोमिटर रहेको छ ।

“अग्नी रेखाले डढेलोबाट सामुदायिक वनलाई जोगाउनुका साथै हराभरा जङ्गल भित्र साईकल चलाउन सकिने हुँदा आन्तरिक एवम् बाह्रय पर्यटकको छुट्टै नविनतम गन्तव्य बन्ने छ” उहाँले भन्नुभयो,“ यसबाट सामुदादिक वनमा पर्यापर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्नुका साथै आयआर्जनमा समेत टेवा पुग्ने विश्वास समुहले लिएको छ ।”

कूल २६ हेक्टर क्षेत्रफलमा पैmलिएको उक्त सामुदायिक वनमा एक सय घर धुरी उपभोक्ता आवद्ध रहेका छन् । वनको संरक्षणका लागि वार्षिक ४५ हजार रुपैयामा हेरालोको समेत व्यवस्था गरिएको समूहका सचिव इन्द्रबहादुर खत्रीले जानकारी दिए ।

समूहका कोषाध्यक्ष तुलसी धितालका अनुसार वन पैदावार बिक्रीबाट खासै आम्दानी नभएपनि पर्यटकीय क्षेत्र काँहु धरधरामा निर्माण गरि सञ्चालनमा आएको धरहरा रेष्टुरेन्टबाट भाडा बापत वार्षिक ७२ हजार रुपैया आम्दानी हुने गरेको छ । प्रत्येक बर्ष १० प्रतिशतका दरले भाडा बृद्धि गरिने सम्झौतामा उल्लेख छ ।

पर्यटकीय नगरी पोखराबाट सबै भन्दा नजिक लालिगुँरास फुलेको रमणीय दृश्य देख्न सकिने सो सामुदायिक वन क्षेत्रमा अवस्थित काहुँधरहराबाट वातावरणमैत्री हरिया पहाडका साथै अन्नपूर्ण, माछापुच्छ्रे हिमश्रृखला र पोखरा बजारको समेत मनमोहक दृश्यावलोकन गर्न सकिने छ । उक्त रमणीय स्थलमा यतिखेर बनभोज खाने समूहसँग दैनिक सयौको संख्यामा आन्तरिक पर्यटक जाने गरेका छन् ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै