गोरुको टाउँकोसहित दुई पक्राउ

राष्ट्र न्यूज सम्वाददाता
वैशाख २२, २०७८
pakrau

पोखरा, २२ वैशाख । पोखरामा बुधबार गोरु काटेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पोखरा महानगरपालिका वडा नं.१८ लामागाँउ बस्ने वर्ष ८४ का विर बहादुर तामाङ र धारापानी बस्ने वर्ष ५० का गंगा बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

गोेरु काटेको भन्ने सूचनामा आधारमा पुगेको प्रहरीले टोलीले गोरुको टाउँको, मासु र मासु काट्न प्रयोग हुने हतियारसहित पक्राउ गरेको थियो ।
पशुपंक्षी सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

Archives

Archives

Recent News

भर्खरै

Trending

ट्रेन्डिङ्ग